जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर किग्संलाई पाँच विकेटले हरायो ।
नवगठित मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुनेभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार सत्ता साझेदार दलहरुसँग मन्त्रालय बाँडफाँट सम्बन्धमा छलफलपछि नेता पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको हो ।
देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताउनुभएको छ ।
शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्नेसहित २५ बुँदे प्रतिबद्धता जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।
बाँकेको सुख्खाग्रस्त क्षेत्र घोषित गरिएको नरैनापुर गाउँपालिकामा वैकल्पिक सिँचाइका लागि डिप बोरिङ गाड्न (जडान) सुरु गरिएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने नरैनापुर क्षेत्रमा योे वर्ष समयमै वर्षा नहुँदा १० प्रतिशत मात्र रोपाइँ भएर सबै खेत बाँझै रहेपछि नरैनापुर गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारसँग राहत मागेको थियो ।
मधेश प्रदेश सभामा निर्वाचित हुनुभएका प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण पुस १५ गते हुनेभएको छ । प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जितकुमार यादवले सोमबार बोलाउनुभएको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ बजे प्रदेश सभामा शपथ ग्रहण गराउने निर्णय गरेको हो ।
सत्ता साझेदार दलको बैठकले मन्त्री बाँडफाँट जिम्मा नवनियुक्त प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।