• १९ असोज २०८१, शनिबार

छाडा पशु चौपायाको व्यवस्थापन गर्ने प्रतिबद्धता

blog

जानु पाण्डे

कपिलवस्तु, पुस ११ गते । शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्नेसहित २५ बुँदे प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धतामा पशु चौपायालाई एक महिनाभित्र व्यवस्थापन गर्ने, बजेट तथा नीति निर्माणमा महिला बालबालिका, अपाङ्गता भएका, विपन्न समुदायको सहभागिता र प्राथमिकता दिने, व्यक्तिगत घटना दर्ता समयमा गराउन प्रोत्साहन गर्ने लगायत छन् ।

नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि दुई दिने तालिम समेत सञ्चालन गरिएको थियो । तालिममा जनप्रतिनिधिलाई वडा अध्यक्ष र वडा सदस्यहरूको काम कर्तव्य अधिकार र वडा अध्यक्षलाई कानुनले दिएको ३६ वटा सिफारिसबारे जानकारी दिएको थियो । 

नगरपालिकाले आगामी शैक्षिकसत्रबाट माध्यमिक तहको शिक्षा पूर्णरुपले निःशुल्क गर्ने तयारी गरेको नगर प्रमुख अजय थापाले बताउनुभयो । तालिममा नगरपालिकाले गर्ने काममा सुशासन र खर्चमा मितव्ययी हुन सहजीकरण गरिएको नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।