अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ९ गते । भीरकोट नगरपालका वडा नं.–१ मा आँधीखोला किनारमा एक जना पुरुष मृत भेटिएका छन् । स्थनीय ६० वर्षीय तेजबहादुर भाट क्षेत्री आँधीखोला कनारमा मृत भेटिनुभएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताउनुभयो ।
क्षेत्रीले प्राय मादक पदार्थ सेवन गर्ने र ज्याला मजदुरी गर्ने बुझिएको बताउनुहुँदै पौडेलले घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।