• १९ असोज २०८१, शनिबार

जनकपुरको लगातार दोस्रो जित

blog

सोमबारको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै जनकपुर र विराटनगरका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस ११ गते । जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर किग्संलाई पाँच विकेटले हरायो । विराटनगरले दिएको एक सय ४१ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । 

जनकपुरका लागि चाडविक वाल्टनले अविजित ६९ रन बनाउनुभयो । ट्रेभोन ग्रिफिथले २५, शरफुदिन असरफले २३ र आदिल आलमले अविजित १० रन बनाउनुभयो । बलिङमा विराटनगरका लागि नन्दन यादव, हुसेन तलात र रिजन ढकालले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिथमा एक सय ४० रन बनायो । जनकपुरका लागि सिकन्दर राजाले ३८ रन बनाउनुभयो । रोहितकुमार पौडेलले ३२, हुसेन तलातले २८ र अर्जुन साउदले १८ रन बनाउनुभयो । बलिङमा जनकपुरका ललित राजवंशीले पाँच विकेट लिनुभयो ।

उहाँले चार ओभरमा आठ रनमात्र खर्चिएर पाँच विकेट लिनुभएको हो । बलिङमा आदिल आलम र केशरिक विलियम्सले दुई दुई विकेट लिनुभयो । सोमपाल कामीले एक विकेट लिनुभयो । ६ टोलीको सहभागिता रहेको लिग पुस ७ गतेसम्म चल्नेछ ।