नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा गुरुङ समुदायले बधाइ दिएका छन् ।
नेपाल बंगलादशेमा जारी काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा चौथो भएको छ ।
कैलालीका थारु समुदायले वर्षौदेखि मनाउदै आएको बुटका बाबा माघी महोत्सव यस वर्ष पनि मनाउने भएका छन् । तर यस पटक भारतीय कलाकारलाई नबोलाउने निर्णय गरेका छन् । कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका –७ कीर्तिपुरमा रहेको बुट्का बाबा मन्दिरमा माघ १ गतेदेखि हरेक वर्ष पाँच दिनसम्म मेला लाग्ने गर्छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ पर्नुभएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ।
फार पेस्ट युनाइटेडले नेपाल टी–२० क्रिकेट लिगमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले हरायो । ९९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णप्रसाद सापकोटा र सुनिलकुमार भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
१४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण सुरु गरेको छ ।
बैङ्क तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीमाथि ज्यादती गरेको भन्दै आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् । उद्योगी तथा व्यवसायीले बैङ्कहरू सच्चिन आग्रह गर्दै दबाबको कार्यक्रम गर्ने निर्णय भएको बताएका छन् ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको लरैना मन्दिर अहिले ओझेलमा परेको छ । राज्यले संरक्षण र प्रवर्धनमा ध्यान नदिँदा बराह क्षेत्र वासुदेव धार्मिकस्थल लरैना ओझेलमा परेको हो ।
फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेका सात दलको बैठक सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई समर्थन गर्ने भएको छ । सोमबार सर्वदलीय बैठकमा सहभागी हुन नयाँ बानेश्वरस्थित संसद् भवन पुग्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु तत्काल सरकारमा नजाने तर समर्थन मात्र गर्ने बताउनुभएको हो ।