• १९ असोज २०८१, शनिबार

काभा यू–२३ पुरुष भलिबल : नेपाल चौथो स्थानमा

blog

च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दे नेपाली खेलाडी ।

काठमाडौं, पुस ११ गते । नेपाल बंगलादशेमा जारी काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा चौथो भएको छ । चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले तेस्रो स्थानका लागि सोमबार भएको खेलमा श्रीलङ्कालाई ३–२ को सेटमा नतिजा सुम्पिएको हो ।

पहिलो सेट २५–२२ ले जितेको नेपालले त्यसपछि लगातार दुई सेट गुमाएको थियो । श्रीलङ्का दोस्रो र तेस्रो सेटमा समान २५–१९ ले अगाडि रह्यो । चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।

अन्तिम सेटमा श्रीलङ्काले नेपाललाई १५–१० ले हरायो । यस हारसँगै नेपाल च्याम्पियनसिपमा जित विहीन बनेको छ । उपाधिका लागि आजै बङ्गलादेश र किर्गिस्तान बीच प्रतिस्पर्धा हुनेछ ।