• १९ असोज २०८१, शनिबार

हेवा खोलामा डाइभर्सन निर्माण हुँदै

blog

हेवा खोलामा डाइभर्सन निर्माणका लागि ल्याइएका ह्युमपाइप । तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज १९ गते । मेची राजमार्गअन्तर्गत रहेको हेवा खोलामा डाइभर्सन निर्माण कार्य सुरु भएको छ । अविरल वर्षासँगै आएको बाढीले अवरुद्ध रहेको हेवा खोलामा डाइभर्सन निर्माण गरी सडक सञ्चालन गर्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

हेवा खोलामा–१२ वटा ह्युमपाइप आइपुगेपछि डाइभर्सन निर्माणको काम सुरु गरिएको  सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो ।  

हेवा खोलामा आएको बाढीले असोज १२ गते बेलिब्रिज बगाउँदा एक साताबाट पाँचथरका हिलिहाङ, याङवरक र छिमेकी जिल्ला ताप्लेजुङमा सम्पर्क विच्छेद थियो । यातायात सम्पर्क टुटेसँगै हिलिहाङ, याङवरक र छिमेकी जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ ।