जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बन्नुभएको छ ।
दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आर्कषण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।
बागलुङका तीन स्थानीय तहमा दश वटा झोलुङ्गे थपिएका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा ढोरपाटन नगरपालिकाकामा तीन, बरेङ गाउँपालिकामा दुई, ताराखोला गाउँपालिकामा पाँच गरी दश वटा पुल निर्माण गरिएको हो ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ ।
सरकारले “अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९” सार्वजनिक गरेको छ ।
कतार विश्वकप फुटबलका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल सोमबारदेखि सुरु भएको छ । सोमबार राति भएको खेलमा शीर्षटोली आर्सनल र लिभरपुलले सहज जित निकालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल उद्योग परिसङ्घका पदाधिकारीहरूले उहाँकाे निजी निवास खुमलटारमा पुगेर बधाई दिनुभएकाे छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको लिफ्टिङ खानेपानी योजनाको परीक्षणको तयारी गरिएको छ । लिफ्टिङ प्रविधिमार्फत् पाथीभरामा पु¥याइएको खानेपानी योजनाको यसै साता परीक्षण गर्ने तयारी गरिएको हो ।
नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडाकाे घर खोजीमा लाग्नुभएको छ ।
हिउँद सेतो बर्काे ओढेर निस्किसक्यो गर्दै क्याटवाक उँघ्दै बसेको छ
रहेनन् भने सम्भावना रहरका जिउने कसरी बिराना बने भने बस्ती मनको सहरका जिउने कसरी भन्न त सजिलो छ विगत भुल्नुपर्छ भविष्य राम्रो पार्न तर मेटाएर याद ती सुनौला प्रहरका जिउने कसरी
सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् ।
जिल्लाको सिस्ने गाउँपालिका–७ र ८ मा उत्पादन भएको सुन्तलाले बजार नपाएपछि किसानहरुले खेर जान नदिएर जुस तयार गरेका छन् । यस वर्ष यहाँ सुन्तला उत्पादनमा वृद्धि भए पनि पर्याप्त बजार पाउन नसकेको जनाएको छ ।