लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिनुभयो । मङ्गलबार छ कन्टेनर स्वदेशी सामान भन्सार पास भएर निर्यात भएको उहाँले बताउनुभयो । चीनले कोभिड महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्ने गरी रसुवागढी नाका खुला गरेको जानकारी उहाँले दिनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो । जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्ज‘न थापा र दीपेन्द्र झा सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिसकेको छ । जसपा संसदीय दलको नेतामा नेता अशोक राई र राजकिशोर यादवसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले यसअघि एक वर्षमुनिका बालबालिकाका लागि छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेको बताउँदै अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि निर्देशिका जारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका २०७९ जारी गरेको हो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा ४० ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरिएको हो ।
प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो ।
बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो ।
तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन) ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’ बाट विभिन्न विधामा ६ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको संघका अध्यक्ष रवीन गुरूङले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएर नेतृत्व तहमा पुगेका महिला नेत्रीहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश १ को प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन हुनुभएको छ ।
कैलालीमा मङ्गलबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो ।
म्याग्दीको रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएको छ।
गायक प्रमोद खरेलको नयाँ गीत ‘जसको दिलमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न चिनियाँ समूह नेपाल आइपुगेको छ ।
काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकजाँचमा अत्यधिक धुँवा फाल्ने १३ वटा सवारी साधनलाई कारबाहीमा परेका छन्।
हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ ।