प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भेट गर्नुभएको छ ।
तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गर्नुभएको छ ।
बागमती प्रदेशको प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदैछ । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको उम्मेदवारी परेको छ । तामाङ र बानियाँ दुवै संस्थापन पक्षका हुनुहुन्छ ।
हिउँदे खुला मौसमको पूरापूर घुम्टो खोलिएको बेला नेपालको सुदूर पूर्वी परिदृश्य बिछट्टै मनमोहक देखिन्छ । पूर्वी पहाडको जति माथिल्लो उचाईमा चढिन्छ उति टाढा–टाढाका धेरै सुन्दर परिदृष्य देख्न पाइन्छ ।
बाजुराको छेडेदह गाउँपालिका–४ लिसाना निवासी हरि रावतको घर छेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको छ । बूढीगङ्गा नगरपालिका–४ को भुक्तोली हुँदै लिसाना र बूढीगङ्गा नगरपालिका–७ र ८ को बेतालमाण्डौ, झाली हुँदै लिसाना बस्तीको चारै तिरबाट सडक सञ्जालले जोडिएपछि यहाँका स्थानीयलाई अहिले गाउँमै व्यापार गर्न सहज भएको रावतले बताउनुभयो ।
‘ए, राम कहाँ छौ । तिमी छिटो तल झर त विद्यालय जान हतार भइसक्यो । ‘बिहानको सुनौलो घाम सँगसँगै श्यामले रामलाई कराउँदै बोलायो । ‘पख श्याम म आउँदै छु ।’ रामले जवाफ दियो । राम र श्याम झुरपाठे गाउँस्थित सुक्ला माध्यमिक विद्यालयमा पढ्थे । राम र श्याम एकदमै मिल्ने साथी थिए । यी दुईबीच प्रगाढ मित्रता थियो । “श्याम आज तिमीले नेपालीको गृहकार्य ग-यौ ?,” रामले सोध्यो । “अहँ ! मैले त गरेको छैन । आज फेरि मुर्गा बन्नुपर्छ,” डराएको स्वरमा श्यामले भन्यो ।
कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका २ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको हो ।
सङ्घीयताको मूल मर्म अनुसार केन्द्रीय शासन सत्तालाई विकेन्द्रित गरी जनताको घरदैलोमा सेवा पु¥याउन स्थानीय स्तरमा पालिका बनाईएका हुन् । तिनै स्थानीय स्तरका पालिकाहरु हिजोआज भने मुलमर्म अनुसार नै जनताको घर दैलोमा नै पुगेर सेवा प्रवाह गर्न थालेका छन् ।
हिमाली क्षेत्रमा बसोबास गर्दै आएको लामा समुदायले तोत्ङरी ल्होसार मनाएको छ। ल्होसारको अन्तिम दिन जिल्लाका सबै लामा समुदायले सिमकोटस्थित लामा सांस्कृतिक मञ्चमा परम्परागत पहिरनमा सजिएर ल्होसार मनाएका हुन्। मञ्चका अध्यक्ष धर्मनन्द लामाले निकै हर्षोल्लासका साथ तोत्ङरी ल्होसार मनाइएको बताउनुभयो।
गुल्मीको इस्मा गाउँपालिका–२, हस्तीचौरकी सम्झना नेपाली १८ वर्ष हुनुभयो । सदरमुकाम तम्घासकै सिद्धबाबा माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्नुभएकी सम्झना अहिले जुत्ता सिलाउन व्यस्त हुनुहन्छ । स्नातक तह अध्ययन गर्ने सुरसारमा रहेकी सम्झना १२/१३ वर्षको उमेरदेखि नै जुत्ता सिलाउन बुवा चन्द्रबहादुर नेपालीसँग सिकेको बताउनुहुन्छ ।
‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैङ्क खाता खोलिदिएका छन्। २०७६ साउनदेखि जन्मिएका छोरीको बैङ्क खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारलाई पालिकाले बैङ्क खाता खोलेको आधिकारिक तथ्याङ्क उपलब्ध नगराउँदा गत वर्षदेखि उक्त खातामा जम्मा गर्नुपर्ने रकम अझै दिइएको छैन।
सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११/१२ डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो ।
सरकारी स्वास्थ्य संस्थाबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीतिगत व्यवस्था सरकारको छ। यद्यपि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य संस्थामा ज्वरोको औषधिसमेत पाउन मुस्किल छ। चौकुने गाउँपालिका–७ मा रहेको धामीडाँडा स्वास्थ्य सेवा केन्द्रमा सिटामोलको समेत सधैँ अभाव हुन्छ। केन्द्रकी इन्चार्ज योगिता लामिछानेका अनुसार तीन/चार महिनाको फरकमा एक पटक त्यही पनि न्यून मात्रामा औषधि आउँदा वितरणमा समस्या परेको थियो। स्वास्थ्य जाँचपछि निजी क्लिनिकमा औषधि किन्नु पर्ने बाध्यता रहेको जनाइएको छ। चौकुनेका अन्य वडामा रहेका स्वास्थ्य सेवा केन्द्रमा पनि औषधि र जनशक्तिको अभाव छ।