• १९ असोज २०८१, शनिबार

सडक सञ्जालले जोडिदै बाजुराका गाउँ बस्ती

blog

सडक सञ्जाल जोडिएको छेडेदह गाउँपालिका–४ को लिसाना बस्ती । तस्बिर : गोरखापत्र

शेरबहादुर सार्की

बाजुरा, पुस १३ गते । बाजुराको छेडेदह गाउँपालिका–४ लिसाना  निवासी हरि रावतको घर छेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको छ । बूढीगङ्गा नगरपालिका–४ को भुक्तोली हुँदै लिसाना र बूढीगङ्गा नगरपालिका–७ र ८ को बेतालमाण्डौ, झाली हुँदै लिसाना बस्तीको चारै तिरबाट सडक सञ्जालले जोडिएपछि यहाँका स्थानीयलाई अहिले गाउँमै व्यापार गर्न सहज भएको रावतले बताउनुभयो ।

छेडेदह गाउँपालिका–४ लिसाना  हरि रावतले, सडककै कारण व्यापार व्यवसाय गर्न म जस्तै अन्य गाउँका सबैलाई पनि सहज भएको छ । उहाँले पहिले दैनिक उपभोग्य सामान किन्न पसिना चुहाउँदै बूढीगङ्गा नगरपालिकाको बाम्का र बेतालमाण्डौ बजारमा धाउनुपर्दथ्यो अहिले सो वस्तु गाउँमै पाइन थालेको बताउनुभयो । 

पछिल्लो समय स्थानीय निकायले सबै वडा सडकले जोडेपछि स्थानीयबासीको जनजीवनलाई सहज मात्र छैन् दैनिकी समेत फेरिएको रावतले बताउनुभयो । बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै गोगडी थामलेख अन्तर्गतको सो सडक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ । स्थानीय निकायको पछिल्लो समयमा भइरहेको तीर्व विकासले बाजुराका चार नगर र चाँच वटा गाउँपालिकाले पनि सबै वडामा सडक सञ्जाल पु¥याउन जोड दिएका छन् । 

पछिल्लो समय यहाँका सबै स्थानीयबासीले गाउँ बस्तीमै सडक पु¥याउने पहिलो प्राथमिकता भएपछि अहिले बाजुराका प्रत्येक गाउँ बस्ती सडकको पहुँच रहेका हुन् । बर्खाको समयमा गाउँपालिकाका एक दुइ वडामा गाडी पु¥याउन कठिन भए पनि हिउँदको समयमा भने गाउँपालिका सबै वडामा गाडी पुग्ने गरेको छेडेदह गाउँपालिकाका सूचना अधिकारी मीरा जोशीले बताउनुभयो । 

उहाँले,गाउँपालिकाकै सहयोगमा जिल्लाकै दुर्गम बस्ती काँडा जयवागीश्वरी लगायतका बस्तीमा पनि सडक पहुँच भएपछि स्थानीयलाई सामान नुन तेल चालमलगायतका दैनिक उपभोग्यका सामान ढुवानी गर्न धेरै सहज भएको बताउनुभयो । 

त्यसै गरी बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक, खगौमुल, गाउँपालिका र बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका लगायतका स्थानीय तहका स्थानीयबासीलाई पनि गाउँमा जोडिएको सडक सञ्जालने दैनिक उपभोग्यका सामान ढुवानी गर्न सहज बनेको छ । स्थानीयको सहजताका लागि स्थानीय सरकारले पनि वडाका सबै गाउँ बस्ती बस्तीमा सडक सञ्जाल जोड्ने लक्ष्य राख्दै आएका छन् । 

बाजुरा पहिरोको जोखिम जिल्लाका रुपमा चिनिँदै आएको भए पनि स्थानी तह भने आफ्ना सबै वडाका गाउँटोलमा डोजरको प्रयोग गर्दै सडक सञ्जाल जोड्ने प्रयासमै छन् । त्रिवेणी नगरपालिका –५ का सामाजिक अगुवा दिनेश सार्कीले भन्नुहुन्छ, “स्थानीय सरकारले वडाका प्रत्येक बस्ती बस्तीमा सडक सञ्जाल जोडे सँगै स्थानीयलाई गाउँमै व्यापार व्यवसाय गर्न सहज भएको छ ।”   

उहाँले, बर्खाका तीन महिना बूढीगङ्गा नदिमा पानीको बहाव बढ्ने भएकोले सवारी रोकिए पनि हिउँदमा भने किम्नी बाहेक अन्य सबै ठाउँमा यातायातको राम्रो सुविधा भएपछि गाउँमै व्यापार गर्न धेरै सहज भएको बताउनुभयो । त्रिवेणी नगरपालिका नगर प्रमुख कर्णबहादुर थापाले, गतका पाँच वर्ष गाउँमा सडक जोड्ने काम भए पनि अबका दिनमा गाउँमा जोडिएका ती सडकको स्तरोन्नति गर्ने कामलाई बढी प्राथमिकता दिंदै जाने बताउनुभयो ।

उहाँले, त्रिवेणीका अधिकांश वडामा सडक जोडिएको केही गाउँ बस्ती अँझै सडक सञ्जालको पहुँचबाट टाढा रहेकोले ती बस्तीमा पनि यो वर्षमा सडक जोडिने प्रयास भइरहेको बताउनुभयो । सडक पुगेको गाउँ बस्तीमा कालोपत्रे र सडक नपुगेको ठाउँमा अहिले सडक जोड्ने तयारी रहेको नगरप्रमुख थापाले बताउनुभयो ।