• १९ असोज २०८१, शनिबार

प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता : सरकारमा सहभागी गराउने प्रयास

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस १३ गते । नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गर्नुभएको छ ।

यसअघिको वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी रहेका नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री प्रचण्डले प्रयास गर्नुभएको हाे ।

सरकारमा सहभागी गराउन आज बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । विशेष स्रोतका अनुसार ललितपुरमा बिहान भएको भेटमा एकीकृत समाजवादीलगायतका दलहरुलाई सरकारमा सामेल गराउने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धन तोडेर नेकपा (एमाले)सहित सात दल, तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।

नेकपा (एकीकृत समाजवादी)लाई पनि सरकारमा सामेल गर्न सके सो दलका १० सांसदसहित प्रधानमन्त्री प्रचण्डलाई १७९ सांसदको समर्थन हुनेछ ।