रुपन्देहीमा कोटहीमाई गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित सात जनामाथि भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
फेदीखोला गाउँपालिका – २ मा रूखबाट लडेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठीक ठाउँमा आउने बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
मेक्सिकोको सीमामा रहेका लाखौँ आप्रवासीलाई स्वदेश फर्काउन कोभिड–१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको छ ।
बागमती प्रदेश प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई ५ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत ल्याउनुभयो ।
नेपाल बैङ्क लिमिटेडले पुतलीबजार नगरपालिकाको प्राङ्गणमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।
२४ औँ पोखरा सडक महोत्सव उद्घाटनका क्रममा निकालिएको र्यालीमा सहभागीहरु ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्नुभएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –१ थिङ्लाबुमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । बुधबार भएको आगलागीबाट थिङ्लाबु थुङ्थापका बलबहादुर लिम्बू, बिरध्वोज लिम्बू र भक्तबहादुर लिम्बूको घर जलेर नष्ट भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक जारी छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताउनुभएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङका आफैँमा एक प्रयोगशाला हो । मुस्ताङ फरक रहनसहन मात्रै नभएर फरकपनको अध्ययनका लागि पनि प्रख्यात छ । यस्तै फरक प्रथा हो मुस्ताङको मुखिया प्रथा । जिल्लाका हरेक गाउँमा मुखिया रहन्छन् । बाह्रगुङ मुक्ती क्षेत्र गाउँपालिका –१ का वडा सदस्य एवम् मुक्तीनाथ रानीपौवाको पुराङ गाउँका पूर्व मुखिया पेम्बा छिरिङ गुरुङका अनुसार गाउँमा हुने गाउँलेका काम गर्नु मुखियाको मुख्य जिम्मेवारी हो, पुराङ गाउँका मुखियाको कार्यकाल एक वर्षको हुन्छ ।
पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थित रूपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ ।