परीक्षणका लागि छोडिएको विद्युत् लाइन सर्ट हुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका– २ की धनी माया मगरका दुई माउ गाई मरेका छन् ।
विराटनगर महानगरपालिकाले पुरानो गुद्री (बजार) बल्ततल्ल खाली गराएको छ। प्रदेश लगानी प्राधिकरणले व्यावसायिक भवन निर्माणका लागि सम्झौता गरेको १४ महिनापछि महानगरपालिकाले जग्गा खाली गराएको हो। महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा १५ तलाको व्यावसायिक भवन निर्माण गर्ने सम्झौता २०७८ कात्तिकमा भएको थियो। भवन निर्माणका लागि विराटनगर–९ मा रहेको पुरानो गुद्री भएको स्थानलाई छनोट गरिएको थियो। महानगरको स्वामित्वमा रहेको १४ कट्ठा जग्गामा व्यावसायिक कम्प्लेक्स बन्नेछ। सम्झौता भएको तीन महिना
किराँत संस्कृति र इतिहाससँग जोडिएको पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ मा अवस्थित छालासुकुवा क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलको संरक्षण–प्रवद्र्धनका लागि स्थानीय सरकारले अग्रसरता देखाएको छ। गाउँपालिकाले किराँत याक्थुङ चुम्लुङसहितका सांस्कृतिक संस्था र सरोकारवालासँग स्थलगत भ्रमण र अध्ययन गर्र्दै छालासुकुवासहितका यस्ता ठाउँको सम्भाव्यता अध्ययन तथा प्रवद्र्धन र प्रचारप्रसारका लागि पहल सुरु गरेको हो।
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अन्तर्घात र असहयोग गर्नेहरूमाथि कारबाहीको सिफारिस गर्न माघ १५ गतेसम्मको समय दिएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले विज्ञप्तिमार्फत पार्टीका उम्मेदवारमाथि अन्तर्घात गर्नेविरुद्ध परेका उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने समय थप गरिएको बताउनुभयो।
लुम्बिनी प्रदेश सरकारले गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई रूपान्तरण गर्न अपरिहार्य बनेको बताउनुभएको छ। बुधबार गोरखापत्रसँग कुरा गर्दै उहाँले पाँचदलीय गठबन्धन तोडिनुमा पार्टी नेतृत्वको जिम्मेवारी रहेकाले अब कांग्रेसमा आन्तरिक रूपान्तरण अपरिहार्य बनेको बताउनुभएको हो। राजनीतिमा सधैँ प्राप्ति मात्रै नहुने बताउँदै उहाँले त्याग गर्ने हिम्मत पनि नेता र नेतृत्वमा हुनुपर्ने बताउनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवाले थोरै दूरदर्शी निर्णय लिन सकेको भए देशले नयाँ गति लिने आधार निर्माण हुनेथियो, उहाँले भन्नुभयो।
उपत्यका आवतजावत गर्ने लामो दूरीका बस गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र पार्र्किङ गराउन पहल सुरु गरिएको छ। अव्यवस्थित बस पार्किङले सहर अस्तव्यस्त र कुरूप बन्दै गएपछि राजधानी आवतजावत गर्ने बस गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गराउनका लागि ट्राफिक प्रहरीले पहल गरेको हो।
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम अलपत्र परेको छ। महाभारत गाउँपालिका–४, तीनखुट्टेस्थित खानीखोला र पार्वती खोलामा पुल निर्माणाधीन अवस्थामा छ। सो पुल निर्माणका लागि २०७८ असारमा मृत सञ्जीवनी प्रदेज जेभीसँग सम्झौता भएको थियो।
कुनै दिन मिनी स्विट्जरल्यान्डका रूपमा चिनिएको जिरी सुनसान बन्न लागेपछि जनप्रतिनिधि जिरीलाई नयाँ स्वरूपमा ‘रिब्रान्डिङ’ गर्ने तयारीमा रहेका छन्। आन्तरिक पर्यटकलाई लक्षित गरेर जिरीलाई नयाँ ढाँचामा लैजान यो योजना अघि सारिएको जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलले बताउनुभयो।
निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा सुरु गरेको छ । प्रदेश र जिल्लास्तरीय समीक्षाअघि आयोगले आन्तरिक समीक्षा सुरु गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विगतमा देखिएका त्रुटि सुधार्दै अपनाउनुपर्ने अन्य उपायबारे आन्तरिक समीक्षा भइरहेको जानकारी दिनुभयो । भक्तपुरको नगरकोटमा दुई दिनसम्म चल्ने समीक्षामा आयोग मातहतका सातवटा महाशाखा तथा शाखाले अलग–अलग कार्यपत्र प्रस्तुत गरेपछि छलफल हुने उहाँले बताउनुभयो । समीक्षाको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कमीकमजोरी राम्ररी केलाउन र
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको सेवा प्रवाह सहज बनाउन निर्देशन दिनुभएको छ । अनुगमनका लागि उहाँ बुधबार दिउँसो गृह मन्त्रालयका उच्च अधिकारीसहित त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुग्नुभएको थियो । सेवा प्रवाह सेवाग्राहीमैत्री बनाउन राहदानी विभागका उच्च अधिकारीलाई उपप्रधानमन्त्री लामिछानेले निर्देशन दिनुभएको जानकारी गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दिनुभयो । राहदानी विभागले गत साउन १७ गतेदेखि अनलाइनमार्फत सेवा प्रवाह सुरु गरेको थियो ।
सरकारले नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै हुनुहुन्छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको छ । विमानस्थलको भूमिस्थ सेवामा समेत छुट दिनेबारे छलफल भइरहे पनि निर्णय भने भइसकेको छैन ।” विमानस्थल सञ्चालनमा आएदेखि एक वर्षसम्म उक्त छुट सुविधा दिइने उहाँले बताउनुभयो ।
दुई महिनायता नेपालको पश्चिमी भूभागमा साना भूकम्प आउने–जाने चलिरहेको छ। एउटै जिल्लाका दुई–तीन स्थान इपिसेन्टर भएर दिनकै तीनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बुधबार मात्र बागलुङमा छुट्टाछुट्टै केन्द्रबिन्दु भएर लगातार तीनवटा भूकम्प गएको छ। बिहान १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारीचौर आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युटको, त्यस्तै खुङ्गा आसपास केन्द्रबिन्दु भएर बिहान २ बजेर ७ मिनेटमा ५.३ म्याग्नेच्युट र फेरि बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारीचौर नजिक केन्द्रबिन्दु भएको चार म्याग्नेच्युटको तेस्रो भूकम्प गएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो।
नेपालमा बनेका विद्युतीय मोटरसाइकल दर्ता गर्ने कानुन नहुँदा त्यस्ता मोटरसाइकल बिनादर्ता सडकमा गुडिरहेका छन्। विद्युतीय मोटरसाइकल ‘यात्री–पी १’ बिनानम्बर प्लेट सडकमा गुडेको देख्न पाइन्छ। सुन्दर यातायात प्रालिले निर्माण गरेको १५० वटा विद्युतीय मोटरसाइकल पनि दर्ता छैनन्। यातायात व्यवस्था विभागका अनुसार सवारी दर्ता हुन यातायात तथा सवारी ऐन र बागमती प्रदेश यातायात तथा सवारी ऐनले तोकेको प्रक्रियाअनुसार नेपालभित्र बनेका सवारी दर्ता गर्न मिल्दैन।
सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।