जापानमा बुधबार कोरोना सङ्क्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–८, सिगानास्थित बेसी गाउँको बगैँचामा पहेंलपुर भएर पाकेका सुन्तला ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु नयाँ परिस्थितिबारेमा राय परामर्श लिन जुट्नुभएको छ ।
मासिक रुपमा विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार र धारा, पानीको नाममा दुई हजार गरेर मासिक एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।
राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) न्युनतम साझा कार्यक्रममा सहमति जुटाएर सरकारमा जाने भएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन जोगाउन नसकेकै कारण पार्टी सभापतिको राजीनामा नमागिने बताउनुभएको छ ।
बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ लिनुभएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको सचिवालयमा बुधबार भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभा ज्येष्ठ सदस्य ढुङ्गानालाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नु भएको छ ।
बागलुङको जैमिनी नगरपालिका –१ कुश्मीसेरा बजारको फोहोर व्यवस्थापन नहुँदा सडकमै फोहोरको रास थुप्रिएको छ । नगरपालिका बजार क्षेत्रको फोहोर व्यवस्थापन नगर्दा सडक दुर्गन्धित बनेको हो ।
यस वर्ष धान उत्पादनमा वृद्धि भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा केही प्रतिशत वृद्धि भएको छ ।
दार्चुलाको महाकाली नगरपालिका –४ बंगाबगडस्थित एक किराना पसलबाट लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।
पेसागत समावेशी समूहको नेतृत्व गर्नुभएका डा. सन्तोष पौडेल समूहले नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिले हुन गइरहेको निर्वाचनका लागि सात बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डेय चयन हुनुभएको छ ।
गुल्मीमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका सबै उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुझाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएको छ ।