• २० असोज २०८१, आइतबार

चरेससहित एक पक्राउ

blog

प्रहरीले बंगाबगडबाट चरेससहित पक्राउ गरेका लोथ्याल । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, पुस १३ गते । दार्चुलाको महाकाली नगरपालिका –४ बंगाबगडस्थित एक किराना पसलबाट लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् । बंगाबगडमा रहेको महादेव किराना पसलबाट तीन किलो आठसय ग्राम चरेससहित किराना पसलका सञ्चालक वीरसिंह लोथ्याल पक्राउ परेको प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक गोविन्द भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा महादेव किराना पसलबाट तीन किलो आठसय ग्राम चरेसजस्तो पदार्थ बरामद गरेको हो । चरेसजस्तो पदार्थ बरामद भएसँगै प्रहरीले किराना पसलका सञ्चालक दुहुँ गाउँपालिका –४ पोक्से घर भएका ७३ वर्षीय लोथ्याललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाले बुधबार पत्रकार सम्मेलन गरी चरेसजस्तो देखिने लागुऔषध र प्रतिवादी लोथ्याललाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ ।