नागरिक उन्मुक्ति पार्टीले अगाडि सारेको तीन वटा माग पूरा नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने सांसद गंगाराम चौधरीले बताउनु भएको छ।
चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।
झण्डै दुई महिनादेखि अध्यक्षविहीन भएको भरतपुर अस्पताल विकास समितिले बुधबार अध्यक्ष पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्षमा युवा उद्यमी राजु पौडेललाई नियुक्त गरेपछि अस्पतालले अध्यक्ष पाएको हो ।
नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको छ ।
बाँकेमा दुई दिनदेखि सुरु भएको सित लहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । मंगलबारदेखि सुरु भएको शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
बिलासिताका वस्तु भन्दै सरकारले लामो समयसम्म केही सामानको आयातमा प्रतिबन्ध र केही सामानको आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष असर भन्सार राजश्वमा परेको छ । जसका कारण भैरहवा भन्सारको राजश्व सङ्कलन लक्ष्यको तुलनामा झण्डै आधा मात्र छ ।
कैलालीको घोडाघोडी नगरपालिकाले बुधबारदेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना गरेपनि नहटाएपछि आफै हटाउन सुरु गरेको हो ।
चेतनाको अभावले नेपालगञ्जमा घरेलु र विद्युतीय आगलागीको जोखिम अत्यधिक बढेपछि बाँकेको टोल टोलमा आगलागी नियन्त्रण गर्ने तरिका सिकाउन थालेको छ ।
ताप्लेजुङको दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिका–५ पापुङसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार गर्न सर्वेक्षण गरिएको छ ।
दाङमा सामुदायिक वनको जमिनलाई पार्कका रुपमा विकास गरेपछि पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका –७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँजसो भीडभाड लाग्नेगरेको छ ।
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
ट्राफिक प्रहरीको विशेष चेकजाँचमा १०७ जना सवारी चालक कारबाहीमा परेका छन् । बुधबार बिहान ट्राफिक प्रहरीले गरेको चेकजाँचमा जस्मा कागजपत्र साथमा नबोकेका सात जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारबाहीमा परेका हुन् ।
कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी नेताहरु घाईते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् ।