• १९ असोज २०८१, शनिबार

सरकारको मूल नीतिबारे प्रधानमन्त्री र एमाले अध्यक्षबीच गहन छलफल

blog

बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली भएको भेटवार्ता । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको छ ।

दुई शीर्ष नेताबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको र सरकारका काम कारबाहीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

यसैगरी, बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्ड तय भएको पनि उहाँले बताउनुभयो ।

 भिडियो : सुजन गुरुङ

‘‘बिहीबार बालुवाटारमा सत्ता साझेदार दलबीच छलफल हुँदैछ । आजको छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा छलफल भयो ।,’’ स्वकीय सचिव मल्लले भन्नुभयो, ‘‘विस्तृत रूपमा बिहीबार गठबन्धनको बैठकमा छलफल हुनेछ ।’’  बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल