• १९ असोज २०८१, शनिबार

ट्राफिक चेकजाँचमा १०७ जना चालक कारबाहीमा

blog

सवारी साधन चेकजाँच गर्दै ट्राफिक प्रहरी । फाइल तस्बिर

काठमाडौं, पुस १३ गते । ट्राफिक प्रहरीको विशेष चेकजाँचमा १०७ जना सवारी चालक कारबाहीमा परेका छन् ।

बुधबार बिहान ट्राफिक प्रहरीले गरेको चेकजाँचमा जस्मा कागजपत्र साथमा नबोकेका सात जना र अवस्था ठीक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारबाहीमा परेका हुन् ।

त्यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने आठ वटा स्कुल बसका चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रहरी वरीष्ठ उपरीक्षक भट्टका अनुसार सवारीको अवस्था ठिक नराख्ने तीन, झ्यालमा डण्डी नराख्ने तीन र कागजपत्र साथमा नबोक्ने दुई गरी आठ जना स्कुल बसका चालक छन् ।

योसँगै कागजपत्र साथमा नबोकेका एक जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारवाही गरिएको छ ।

सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेको जानकारी उहाँले दिनुभयो ।