• १९ असोज २०८१, शनिबार

एमाले कर्णाली संसदीय दलको नेतामा कँडेल चयन

blog

नवीन सुवेदी 

सुर्खेत, पुस १३ गते । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ ।

दलको आज सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो ।

नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्जसमेत रहनुभएका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।