• १९ असोज २०८१, शनिबार

कर्णालीलाई एभरेष्ट महिला भलिबल लिग उपाधि

blog

विजेता कर्णाली टोली । फाइल तस्बिर

 काठमाडौँ, असोज १९ गते । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली कर्णाली यशविसले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा शनिबार भएको रोमाञ्चक फाइनलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को सेटमा हरायो । 

प्रतिस्पर्धात्मक खेलको सुरुवाती दुई सेट कर्णालीले जितेको थियो । त्यसपछि खेलमा पुनरागमन गरेको ललितपुरले दुई सेट आफ्नो पक्षमा पारेको थियो । सुरुवातमा कर्णाली २५–१७, २५–२० ले अगाडि बढेको थियो ।

त्यसपछि कर्णालीले ललितपुरलाई १२–२५, १८–२५ को नतिजा सुम्पियो । निर्णायक सेट कर्णालीले १५–१३ ले जितेको हो । यो लिग नेपालमा पहिलो पटक आयोजना भएको फ्रेञ्चाइज महिला भलिबल प्रतियोगिता हो ।

लिगमा च्याम्पियन कर्णाली र उपविजेता ललितपुरसहित मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, चितवन शक्ति र गण्डकी थण्डर्स गरी ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो ।