• १९ असोज २०८१, शनिबार

भरतपुर अस्पतालको अध्यक्षमा पौडेल नियुक्त

blog

– राजु पाैडेल ।

शान्ता अधिकारी 

चितवन, पुस १३ गते । झण्डै दुई महिनादेखि अध्यक्षविहीन भएको भरतपुर अस्पताल विकास समितिले बुधबार अध्यक्ष पाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्षमा युवा उद्यमी राजु पौडेललाई नियुक्त गरेपछि अस्पतालले अध्यक्ष पाएको हो । 

तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उठ्न अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उहाँ पराजित हुनुभएको थियो ।

चितवनको भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । ६५० शैयासहित सञ्चालित अस्पताल राजधानी काठमाडौँमा रहेको वीर अस्पतालपछि सबैभन्दा धेरै बिरामीलाई सेवा दिने अस्पताल हो ।