• १२ असोज २०८१, शनिबार

विद्युत् सर्ट हुँदा थलामा बाँधिएको गाई मरे

blog

विद्युत् सर्ट हुँदा गोठमै मरेको धनीमायाको गाई । तस्बिर: गोरखापत्र

राधा लुइटेल 

फिदिम, पुस १४ गते । परीक्षणका लागि छोडिएको विद्युत् लाइन सर्ट हुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका– २ की धनी माया मगरका दुई माउ गाई मरेका छन् । मगरको गोठसँगै जोडेर गाडिएका पोलबाट विद्युत् सर्ट हुँदा गाई मरेको इलाका प्रहरी कार्यालय रविका प्रमुख कैलाश चौधारीले जानकारी दिनुभयो ।

इलाम र पाँचथरको सिमाना महाभाराडाँडा हुँदै राँके–रवि–रक्सेसम्मको जोड्ने ३३ केभी प्रसारण लाइन चार्ज गर्ने क्रममा परीक्षणका लागि छोडिएको विद्युत् सर्ट हुँदा उक्त घटना भएको बताइएको छ ।

पीडित मगरले विद्युत् प्राधिकरणका लापरबाहीका कारण आफ्ना गाई मरेको भन्दै क्षतिपूर्ति माग गरेका छन् । 

विद्युत् प्राविधिकरणको विद्युत् वितरण शाखाले भने इलाम मार्फत  हाई टेन्सनको लाइन परीक्षण समयमा रहेकोले बढी खतरा हुने भन्दै यस खण्ड अन्तर्गतका तार र पोल आसपास सतर्कता अपाउन सूचना गरेको जनाएको छ ।