शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, पुस १३ गते । फेदीखोला गाउँपालिका – २ मा रूखबाट लडेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
आफ्नै घर नजिक सौरको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर देवकुमारी थापा गम्भीर घाइते हुनुभएको थियो ।
गम्भीर घाइते ६९ वर्षीया थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।