• २० असोज २०८१, आइतबार

नेपाल बैंकको एक्सटेन्सन काउन्टर पुतलिबजारमा

blog

अर्जुन काफ्ले

स्याङ्जा, पुस १३ गते । नेपाल बैङ्क लिमिटेडले पुतलीबजार नगरपालिकाको प्राङ्गणमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नेपाल बैङ्क स्याङ्जा शाखाको व्यवस्थापनमा बैङ्कले एटिएम सुविधासहितको एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

एक्सटेन्सन काउन्टरको शुभारम्भ गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पालिकाको मागमा नेपाल बैङ्कको काउन्टर स्थापना भएको बताउनुभयो । काउन्टर स्थापना भएसँगै सेवाग्राहीलाई सहज भएको धारणा उहाँले व्यक्त गर्नुभयो । 

पुतलीबजार नगरपालिकाका सेवाग्राही र स्थानीयहरूको मागलाई मध्यनजर गर्दै एक्सटेन्सन काउन्टर सुरु गरिएको सो बैङ्कले जनाएको छ । एक्सटेन्सन काउन्टरबाट नगद जम्मा र चेक सटही लगायतका सेवाहरू उपलब्ध हुने नेपाल बैङ्क गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । 

देशभरी २२६ शाखा कार्यालय रहेको नेपाल बैङ्क लिमिटेडका ५२ वटा एक्सटेन्सन काउन्टर र २ सय एटीएम सेवा रहेको बैङ्कले जनाएको छ ।