‘ए, राम कहाँ छौ । तिमी छिटो तल झर त विद्यालय जान हतार भइसक्यो । ‘बिहानको सुनौलो घाम सँगसँगै श्यामले रामलाई कराउँदै बोलायो । ‘पख श्याम म आउँदै छु ।’ रामले जवाफ दियो । राम र श्याम झुरपाठे गाउँस्थित सुक्ला माध्यमिक विद्यालयमा पढ्थे ।
राम र श्याम एकदमै मिल्ने साथी थिए । यी दुईबीच प्रगाढ मित्रता थियो । “श्याम आज तिमीले नेपालीको गृहकार्य ग-यौ ?,” रामले सोध्यो । “अहँ ! मैले त गरेको छैन । आज फेरि मुर्गा बन्नुपर्छ,” डराएको स्वरमा श्यामले भन्यो ।
दुवै डराउँदै कक्षाकोठामा प्रवेश गरे । “मैले तिमीहरूलाई हिजो एउटा गृहकार्य दिएको थिएँ नि । कतिले ग-यौ ल हात उठाऊ त,” गुरुआमाले प्रश्न गर्नुभयो । सबैले हात उठाए तर राम र श्यामले गृहकार्य नगरेका कारण हात उठाएनन् । “तिमी दुई जनालाई सँधैँ गृहकार्य गर भनेर भन्नुपर्छ । कहिले आउने हो तिमीहरूको बुद्धि ।” रिसाउँदै गुरुआमाले भन्नुभयो । दुवैलाई कक्षाकोठाबाट समेत बाहिर निकालिदिनुभयो । दुवै निराश भए । राम र श्यामले मध्यान्तरको समयमा टिफिन एक अर्कासँगै बाँडेर खान्थे, सँगै खेल्थे । यी दुई समस्या परेको बेला सधैँ एकअर्काको ढाल बनेर उभिन्थे ।
समय राम्ररी चलिरहेको थियो । शुक्रबारको दिन बिदा भइसकेपछि सबै विद्यार्थी घर जान लागेका थिए । त्यसैबेला कसैले राम हिँडिरहेको बेला धकेलिदिएछ । र ऊ सिँडीबाट लड्यो । पछाडि फर्कंदा त उसकै साथी श्याम पो रहेछ । “मलाई किन धकालेको ?” रामले रिसाउँदै श्यामलाई भन्यो । श्यामले केही बोल्नुअघि नै रामले उसलाई धकेलिदियो । त्यसपश्चात् दुवै लड्न थाले । यी दुई जना लडेको देखेर शिक्षकहरूले आएर गाली गर्नुभयो । उनी दुई जना एकअर्कासँग रिसाउँदै घर गए । दुई मित्र जो एकअर्काका लागि मर्नसमेत तयार हुन्थे । आज उनीहरूलाई त्यसरी लडेको देख्दा सबै शिक्षक चकित थिए । अर्को दिन विद्यालय आइसकेपछि राम र श्याम न त एक अर्कासँगै बोले, न त सँगै बसेर आए ।
एउटा सानो असमझदारीका कारण उनीहरूको मनमा एकअर्काप्रति घृणा हुन थाल्यो । उनीहरूले एकअर्काको कुरा पनि काट्न थालेका थिए । समयको गति सँगसँगै ती दुई साथीबीचको मित्रताको डोरी चुँडिँदै जान थाल्यो । बाल्यकालमा बिताएका ती अविस्मरणीय पल सम्झँदा मन च्वास्स बढ्यो तर आफूमा भएको अहङ्कारका कारण कहिले पनि एकअर्कासँग बोलेनन् । समय बित्दै गयो, सबै साथी आफ्नो जीवन उज्ज्वल बनाउन जीवनको नयाँ यात्रामा निस्कन थाले । राम र श्याम बाहिरी रूपमा झगडा गरे पनि त्यस झगडा पछाडिको कारण माया, प्रेम र स्नेह नै थियो । आफ्नो पढाइ सकेपछि दुवै आआफ्नो बाटो लागे र ती दुईबीच त्यसपछि केही सम्पर्क भएन ।
धेरै वर्ष बितिसकेपछि, एकदिन राम अचानक बिरामी पर्छ, उसलाई गाउँलेहरूले अस्पताल लैजान्छन् । अस्पताल लगिसकेपछि डाक्टरले भन्यो, “उहाँको दुईवटा किड्नी फेल भएको छ र २४ घण्टाभित्रमा अपरेसन गर्नुपर्छ ।” यो सुनिसकेपछि रामको परिवार आत्तिन थाले । केही बेरपछि डाक्टरले आएर भने, “तपाईंहरू चिन्ता नलिनुहोस् । उहाँको अप्रेसनका लागि एक जना व्यक्तिले किड्नी डोनेट गर्न तयार भइसक्नुभएको छ ।” यति भनिसकेपछि डाक्टर त्यहाँबाट जान्छन् र अप्रेसनको तयारी गर्दछन् । दुई÷तीन घण्टापछि डाक्टर आउँछन् र भन्छन्, “चिन्ता लिनु पर्दैन अप्रेसन सफल भएको छ ।” यति सुनिसकेपश्चात् रामको परिवार खुसी हुन्छन् र रामलाई भेट्न जान्छन् । “डाक्टरसाब मलाई किड्नी डोनेट गर्ने महापुरुष को हुनुहुन्छ ?” रामले डाक्टरलाई जिज्ञासापूर्वक सोध्यो । डाक्टर मुसुक्क हाँस्दै ढोकातिर देखाउँदै भने, “तपाईंलाई किड्नी डोनेट गर्ने महापुरुष अरू कोही नभई उहाँ नै हुनुहुन्छ ।
उसलाई किड्नी डोनेट गर्ने अरू कोही नभएर उसको बाल्यकालको मित्र श्याम हो भन्ने थाहा पाएपछि उसको आँखाबाट आँसु आयो, ‘जीवनको सङ्घर्षमय यात्रामा साथीको अभाव हुँदाको पीडा मैले बल्ल बुझेँ ।’ श्यामले रामलाई खुसी हुँदै भन्यो । “मलाई पनि तिम्रो यादले हरेक पल सताइरहन्थ्यो ।” रामले आँखाबाट आँसु चुहाउँदै भन्यो ।
आखिर त्यही रिसमा भएको मायाले नै उनीहरूलाई एकताबद्ध बनायो । जब उनीहरूको बिछोड भयो तब नै उनीहरूले मित्रताको महìव बुझिसकेको थियो । फेरि पनि भाग्यले उनको मिलन गराइदिएको थियो । दुवैले जीवनमा मित्रताको महìव बुझी सुखद जीवन बिताउन थाले ।