ताप्लेजुङमा दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । कम्प्युटर साक्षरता अभियानमार्फत् राइट स्टेप एजुकेसन एकेडेमी नामक संस्थाले कम्प्युटर शिक्षा प्रदान गर्ने भएको हो ।
नेकपा (माओवादी केन्द्र)ले प्रदेश नम्बर १ संसदीय दलको नेता चयन गरेको छ। प्रदेश सभामा मंगलबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत दलको नेतामा निर्वाचित गरेको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकार गठन एवम् समीकरणबारे यसअघि आफूहरुलाई जानकारी नदिइएको बताउनुभएको छ ।
सैनिक श्रीमती संघ तथा श्री नं. २५ बाहिनी अड्डाको समन्वय र सहकार्यमा कञ्चनपुर जिल्ला, लालझाडी गाँउपालिका वडा नं. २ कस्वास्थित श्री शिवशंकर आधारभूत विद्यालयमा नेपाली सेना तथा महाकाली प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर अधिकृत सहितको मेडिकल टिमद्वारा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन र राहत सामाग्रीहरु वितरण कार्य सम्पनन भएको छ ।
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा अदालतले मंगलबार प्रमाण बुझाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो ।
कालिकोटको खाँडाचक्र नगरपालिकाले सम्झौता अनुरुप कुखुरा पालन सीप विकास तालिममा नायब सुब्बा दीपकराज देवकोटाले रकम हिनामिना गरेको आरोप लागेको छ।
बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट सिरिज अन्तर्गत टी–२० को पहिलो खेलमा पाहुना टोली हङकङ क्रिकेट क्लब विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा हङकङले आयोजक बागमती प्रदेशलाई ५७ रनले हरायो ।
थाइल्यान्डमा जनवरी १६ देखि २८ तारिखसम्म आयोजना हुनेयू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगितामा शुलभ माली र ईन्द्र सुनारले जित निकाल्नु भएको छ ।
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ। उहाँलाई सङ्घीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै निलम्बन गरेको हो।
काठमाडौं नाइट्सले नेपाल टी–२० क्रिकेट लिगमा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले हरायो । काठमाडौंले दिएको दुई सय नौ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा उक सय ५५ रन मात्र बनाएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार मर्मत गर्नुपर्ने सीमास्तम्भको अनुगमन गर्नुभएको छ । प्रजिअ थापा नेतृत्वको टोलीले भजनी, कालाकुण्डा र खक्रौलास्थित सीमा स्तम्भको अनुगमन गरेको हो ।
चलचित्र विकास बोर्डले फिल्म सेन्सरसम्बन्धी नियम परिवर्तन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले चारदिन अगावै दरखास्त पेश गर्दा हुने नयाँ निर्णय सार्वजनिक गरेको हो ।
बलत्कारको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाहको अनुसन्धानको लागि नवलपुर अदालतको फैसला माग गरिएको छ।
द्वन्द्व, दैवी विपत्ति र जलवायु सङ्कटका कारण विश्वका दशौँ लाख मानिस आफ्नो देशभित्र वा बाह्यरूपमा विस्थापित भएका राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएको छ ।
गीतमा प्रियंका कार्की, आयुष्मान जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन् । रोहित शाक्य र विराज गौतमको संगीत रहेको गीतमा विराज र त्रिशला गुरुङको स्वर रहेको छ ।