• १९ असोज २०८१, शनिबार

सैनिक श्रीमती संघद्वारा नि:शुल्क स्वास्थ्य शिविर र राहत वितरण

blog

स्वास्थ्य शिविरमा सहभागीहरु । तस्बिर : जंगी अड्डा

काठमाडौं, पुस १२ गते । सैनिक श्रीमती संघ तथा श्री नं. २५ बाहिनी अड्‍डाको समन्वय र सहकार्यमा कञ्‍चनपुर जिल्ला, लालझाडी गाँउपालिका वडा नं. २ कस्वास्थित श्री शिवशंकर आधारभूत विद्यालयमा नेपाली सेना तथा महाकाली प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर अधिकृत सहितको मेडिकल टिमद्वारा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन र राहत सामाग्रीहरु वितरण कार्य सम्पनन भएको छ । 


स्वास्थ्य शिविरमा छाला रोग, स्त्री रोग, बाल रोग तथा जनरल मेडिसिन सम्बन्धी सेवा प्रदान गरिएको थियो । उक्त शिविरबाट ६४२ जना सर्वसाधारणहरु लाभाविन्त भएका थिए । सोही अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले श्री शिवशंकर आधारभूत विद्यालय, श्री जनचेतना आधारभूत विद्यालय र श्री नवोदय आधारभूत विद्यालयलाई कम्प्युटर-९ टा, प्रिन्टररफोटोकपी मेशिन-३ टा, मल्टिमिडिया प्रोजेक्टर-३ टा, विभिन्न प्रकारका फर्निचर, स्टेशनरी सामान लगायत खेलकुदका सामाग्रीहरु हस्तान्तरण गर्नुका साथै लालझाडी गाँउपालिकामा बसोबास गर्ने जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा एकल महिलाहरुलाई कम्बल १२०० थान, म्याट्रेस ५ थान, व्हिल चियर १ थान, बैशाखी २ थान तथा ३० जना बालबालिकाहरुलाई ट्रयाकसुट तथा स्टेशनरी सामाग्रीहरु समेत वितरण गर्नुभएको थियो ।


कार्यक्रममा सैनिक श्रीमती संघका पदाधिकारीहरु, सुदुर पश्चिम पृतना हे।क्वा।का पृतनापति उपरथी विजय थापा, लालझाडी गाँउपालिकाका अध्यक्ष निर्मल राना, कञ्‍चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, नं.२५ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकाल, श्री महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट, कञ्‍चनपुर स्वास्थ्य कार्यालयका प्रमुख तथा कञ्‍चनपुर जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।