• १९ असोज २०८१, शनिबार

फिल्म 'चिँ मुसी चिँ' को पहिलो गीत सार्वजनिक

blog

काठमाडौं, पुस १२ गते । फिल्म ‘चिँ मुसी चिँ : इभन डेड डिजायर बिलङ्गिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा प्रियंका कार्की, आयुष्मान जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन् । रोहित शाक्य र विराज गौतमको संगीत रहेको गीतमा विराज र त्रिशला गुरुङको स्वर रहेको छ । 

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रविन्द्र झा, गौरव विष्ट, विज्ञ नेपाल, विभूति नेपालको अभिनय छ । 

फिल्मलाई जेम्स र यश सैनीले मिलेर निर्देशन गर्नुभएको हो । फिल्म पुस २२ गते प्रदर्शन हुने तयारीमा छ ।