• १९ असोज २०८१, शनिबार

बागमतीमाथि हङकङ विजयी

blog

जितपछि हङकङका खेलाडी । तस्बिर : राखेप

काठमाडौं, पुस १२ गते । बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट सिरिज अन्तर्गत टी–२० को पहिलो खेलमा पाहुना टोली हङकङ क्रिकेट क्लब विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा हङकङले आयोजक बागमती प्रदेशलाई ५७ रनले हरायो ।

टस हारेपछि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । जवाफमा बागमती प्रदेश निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ११ रनमा समेटिएको थियो ।

यस जितसँगै पाहुना टोली हङकङले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल बिहीबार हुनेछ । यसअघि दुई टोली बीचको ४० ओभरमा दुई खेलको सिरिज नेपालले २–० ले जितिसकेको छ ।