• १९ असोज २०८१, शनिबार

इन्द्र र सुलभको जित

blog

बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, पुस १२ गते । थाइल्यान्डमा जनवरी १६ देखि २८ तारिखसम्म आयोजना हुने यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगितामा सुलभ माली र इन्द्र सुनारले जित निकाल्नुभएको छ । 

नेपाल बक्सिङ सङ्घको आयोजनामा सोमबारबाट सुरु भएको खुला छनोट प्रतियोगिताको दोस्रो दिन मङ्गलबार ५७ केजी तौलसमूहको सेमिफाइनल खेलमा बोसीगाउँका सुलभ मालीले बक्समाण्डुका सिङ्गवीर लिम्बूलाई अङ्कको आधारमा हराउनुभयो । आर्मीका इन्द्रबहादुर सुनारले केवाईबीसीका निर्मल सुवेदीलाई आरएसीका आधारमा पछि पार्नुभएको हो । छनोट खेल बुधबार सकिनेछ ।