• १९ असोज २०८१, शनिबार

काठमाडौं नाइट्सको दोस्रो जित

blog

जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौंका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस १२ गते । काठमाडौं नाइट्सले नेपाल टी–२० क्रिकेट लिगमा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले हरायो । काठमाडौंले दिएको दुई सय नौ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा उक सय ५५ रन मात्र बनाएको थियो । 

जनकपुरका लागि समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाउनुभयो । सन्दीप जोराले २६, पवन सराफ २४, शरफुदिन असरफले १९ रआदिल आलमले १६ रन जोड्नुभयो । बलिङमा काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले तीन विकेट लिनुभयो । बसिर अहमदले दुई तथा कमलसिंह ऐरी, सुनाम गौतम, अनिल खरेल र अविनाश बोहोराले एक एक विकेट लिनुभयो । 


यसअघि पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । काठमाडौंका लागि ब्लेकले ८३ रन जोड्नुभयो । उहाँले ४३ बलमा चार चौका र सात छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । विरनदिप सिंहले ४९, अज्मतुल्ला उमरजाइले  अविजित ४३ र लोकेस बम १५ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका पवन सराफले दुई विकेट लिनुभयो । सोमपाल कामी, शरफुदिन असरफ, आदिल आलम र जितेन्द्र मुखियाले एक एक विकेट लिनुभयो । जितसँगै काठमाडौंले तीन खेलबाट चार अङ्क बनाएको छ । जनकपुरको पनि तीन खेलबाट चार नै अङ्क छ । ६ टोलीको सहभागिता रहेको लिग पुस २७ गतेसम्म हुनेछ ।