• १९ असोज २०८१, शनिबार

राति ११ बजेपछि फिल्म देखाउन हललाई अनुमति

blog

काठमाडौं, पुस १२ गते । चलचित्र विकास बोर्डले फिल्म सेन्सरसम्बन्धी नियम परिवर्तन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले चार दिन अगावै दरखास्त पेश गर्दा हुने नयाँ निर्णय सार्वजनिक गरेको हो । 

यसअघि स्वदेशी तथा विदेशी फिल्मको सेन्सर सिफारिस लिनका लागि एक हप्ता अघि दरखास्त पेश गर्नुपर्ने नियम थियो ।

यस्तै, बोर्डले आवश्यक शान्ति सुरक्षाको व्यवस्थासहित बेलुकी ११ बजेपछि फिल्म प्रदर्शन गर्न सकिनेसमेत निर्णय गरेको छ । यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने नियम थियो ।