ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच वर्षीया भान्जाको हत्या आरोपमा १२ वर्षीय मामालाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि सङ्घीय संसद्को बैठक आह्वान गर्नुभएको छ।
साताको दोस्रो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिब पाँच महिना यताकै उच्च कारोबार समेत भएको हो । नेप्से परिसूचक ५९.८७ अङ्क बढेर १९८३.९५ बिन्दुमा पुगेको छ ।
काठमाडौं, पुस १२ गते । काठमाडौं महानगरकी उपप्रमुख सुनीता डङ्गोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गर्नुभएको छ । उपप्रमुखको कार्यकक्षमा उहाँबीच भेट भएको हो । भेटका क्रममा उपप्रमुख डङ्गोलले भित्री सहरी क्षेत्रका परम्परागत भवन निर्माण गर्न घरधनीलाई सहुलियत दिने गरिएको, महिला हिंसा न्यूनीकरणका लागि वडास्तरीय महिला सेल गठन गरिएको, न्यायिक समितिमा उजुरी आउनु अघि वडास्तरीय मेलमिलाप कक्षमा छलफल गराउने प्रयास गरिएको, फोहोर व्यवस्थापनका लागि विभिन्न अवधारणा अघि सारिएको तीमध्ये उपयुक्त विधिको छनाेट गर्ने योजना रहेको बताउनुभयो । राजदूत क्याप्लरले सोध्नुभएका प्रश्नको जवाफमा उहाँले यस्तो बताउनुभएको हो । राजदूत क्याप्लरले सहरी विकासका पूर्वाधार, सम्पदा क्षेत्रका संरचनाको व्यवस्थापन, महानगरको निर्णय प्रक्रियालगायत विषयमा जिज्ञासा राख्नुभएको थियो ।
रौतहटको सीमावर्ती आँखा अस्पतालमा आँखाका भारतीय बिरामीको दिनहुँ भीड लाग्ने गरेको छ । सस्तो र गुणस्तरीय सेवा पाइने भन्दै उनीहरुको भीड लाग्ने गरेको हो ।
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पुस २२ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।
सातौं संस्करणको एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबल पुस अन्तिम साता हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको पूर्वी नाका हुँदै नेपाली चेलीबेटीहरु भारतमा विक्री वितरणको घटनामा कमी आएको माइती नेपालले जनाएको छ । पत्रकार सम्मेलन गरी माइती नेपालका काँकडभिट्टा कार्यालय प्रमुख गोविन्द घिमिरेले अघिल्लो वर्षको तुलनामा यस वर्ष घटनामा कमि आएको विवरण पेस गर्नुभयो ।
आन्तरिक आयस्राेत नभएको सिमकोट गाउँपालिका अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ।
गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्नुभएको छ ।
संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुनेछ ।
गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे यही पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।