• १९ असोज २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २२ गते बस्ने

blog

नेपाली कांग्रेस पार्टी कार्यालय । फाइल तस्बिर

काठमाडौं, पुस १२ गते । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पुस २२ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको उहाँको भनाइ छ । 

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने मुख्य सचिव पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।