• १९ असोज २०८१, शनिबार

महानगर उपप्रमुख डङ्गोलसँग स्वीस राजदूत क्याप्लरको शिष्टाचार भेट

blog

शिष्टाचार भेटपछि काठमाडौं महानगरकी उपप्रमुख सुनीता डङ्गोल र नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लर ।

काठमाडौं, पुस १२ गते । काठमाडौं महानगरकी उपप्रमुख सुनीता डङ्गोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गर्नुभएको छ । उपप्रमुखको कार्यकक्षमा उहाँबीच भेट भएको हो । 

भेटका क्रममा उपप्रमुख डङ्गोलले भित्री सहरी क्षेत्रका परम्परागत भवन निर्माण गर्न घरधनीलाई सहुलियत दिने गरिएको, महिला हिंसा न्यूनीकरणका लागि वडास्तरीय महिला सेल गठन गरिएको, न्यायिक समितिमा उजुरी आउनु अघि वडास्तरीय मेलमिलाप कक्षमा छलफल गराउने प्रयास गरिएको, फोहोर व्यवस्थापनका लागि विभिन्न अवधारणा अघि सारिएको तीमध्ये उपयुक्त विधिको छनाेट गर्ने योजना रहेको बताउनुभयो । राजदूत क्याप्लरले सोध्नुभएका प्रश्नको जवाफमा उहाँले यस्तो बताउनुभएको हो । 

राजदूत क्याप्लरले सहरी विकासका पूर्वाधार, सम्पदा क्षेत्रका संरचनाको व्यवस्थापन, महानगरको निर्णय प्रक्रियालगायत विषयमा जिज्ञासा राख्नुभएको थियो ।