• १९ असोज २०८१, शनिबार

पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन

blog

काठमाडौँ, पुस १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले यसअघि एक वर्षमुनिका बालबालिकाका लागि छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेको बताउँदै अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने जानकारी दिनुभयो । 

उहाँले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने समय परिवर्तन गरिएको जानकारी दिँदै एक वर्षको उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्र कुनै पनि बालबालिकाले खोप लगाउन सक्ने बताउनुभयो ।