• १९ असोज २०८१, शनिबार

जसपा संसदीय दलको निर्वाचन आज

blog

काठमाडौँ, पुस १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो । 

जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिसकेको छ । जसपा संसदीय दलको नेतामा नेता अशोक राई र राजकिशोर यादवसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आउनुभएको छ । 

बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ । त्यसअघि नै नेता राईको नाममा सहमति हुने सम्भावना रहेको बताइएको छ । संसदीय दलको नेताका लागि बुधबार दिउँसो २:३० देखि ३:३० सम्म मतदान गर्ने कार्यक्रम रहेको छ ।