‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङ्बुङ बजारमा विपत्को पूर्वसूचना दिने बहुप्रकोपीय साइरन जडान गरिएपछि स्थानीय ढुक्क भएका छन् । बाढीपहिरो, भूकम्प, आगलागी र वन्यजन्तु आतङ्कलगायतका सूचना घरैबाट प्राप्त गर्न थालेपछि स्थानीय ढुक्क भएका हुन् । फालेलुङ बाढीपहिरो र आगलागीका दृष्टिकोणले जोखिम क्षेत्र हो ।
सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट बिहीबार बिहानसम्म १६२ जनाको उद्धार गरेको छ । अब अन्नपूर्ण बेस क्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा केही सञ्चारमाध्यममा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिएको भन्ने समाचारहरू पूर्णतः भ्रमपूर्ण र तथ्यहीन भएको जनाएको छ।
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा करु काट्न सुरु भएको छ । ३१ सय मिटर उचाइमा रहेको नुब्री भ्यालीमा लगाइएको करु चम्पा, सातु, खोले र ढिडो बनाएर खानका लागि उब्जनी हुने मुख्य बाली करु काट्न सुरु भएको चुमनुब्री गाउँपालिका– २ ल्होका साङदोर्जे लामाले जानकारी दिनुभयो ।
सिँचाइ सुविधा नभएको रकुवाको फाँट यतिबेला भटमासका बोटले हरियै बनेको छ । बोटमा कोसा लागेका छन् । हरियै फाँट देख्दै रहर लाग्दो भएको छ ।
दसैँ। दीपावली र छठ पर्व मनाउन घर आएका कर्मचारी, विद्यार्थी र मजदुरहरुलाई पश्चिम काठमाडौँ पोखरा धनगढीलगायतका लामो दूरी जानको लागि तोकिएको भाडामा थप तिन बाध्यता रहेका छ ।
बर्दियाको गुलरिया–नेपालगन्ज खण्ड अन्तर्गतको हुलाकी सडक निर्माण सम्पन्न भएको चार महिनामै भासिन थालेको छ । करिब तीन अर्ब १५ करोड लागतमा बनेको उक्त चार लेन सडकका विभिन्न भाग अहिले भासिएर दुर्घटनाको उच्च जोखिममा परेका छन् । बढैयाताल गाउँपालिका–८ स्थित बरमेली टोलको सडकखण्डमा भासिएको भाग जोखिमपूर्ण बनेको छ । दैनिक सयौँ सवारीसाधन आवतजावत हुने यस सडकमा अहिले सडकको भासिएको भागले दुर्घटनाको सम्भावना बढाएको छ ।
धौलागिरी हिमाल फन्को लगाएर मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फा झर्ने क्रममा फसेका तीन बेलायती महिला पर्यटकसहित १५ जनाको टोलीको उद्धारमा लागि निस्किएको टोली आलुबारी भन्ने ठाउँमा पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागले उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपातसम्बन्धी पूर्वसूचनाका कारण मुस्ताङ प्रवेश गर्ने पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या घटेको छ । स्वदेशी पर्यटकले खचाखच भरिएका मुस्ताङमा एक्कासि प्रतिकूल मौसमको सूचनासँगै पोखरा–बेनी हुँदै मुस्ताङ प्रवेश गर्नेभन्दा फर्किने बढेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गत भदौ २४ गते सुर्खेतमा जेनजी समूहको आन्दोलनका क्रममा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न जाँचबुझ आयोगलाई आग्रह गर्नुभएको छ । बुधबार सुर्खेत आइपुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँग भेटका क्रममा उहाँले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझावसमेत दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट भागेका ३५० कैदीमध्ये अझै ९९ कैदी फरार छन् । कारागार कञ्चनपुरका अनुसार फरार रहेका कैदीबन्दीमध्ये जबरजस्ती करणी मुद्दामा २५ वर्षसम्म कैद भुक्तान गर्न बाँकी रहेका तीन जना कैदी फरार छन् । कञ्चनपुर कारागार निमित्त जेलर रामदत्त जोशीका अनुसार जबरजस्ती करणी मुद्दामा २६ वर्ष कैद तोकिएका शुक्लाफाँटा नगरपालिका–९ का ३५ वर्षीय शिवी टमाटा फरार छन् । सोही मुद्दामा २५ वर्ष कैद तोकिएका दोधारा चाँदनी नगरपालिका–७ का मुकेशबहादुर क्षेत्री पनि फरार छन् ।
समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय भरतपुरको कारबाहीको तयारी थालेको छ । पटक पटक ताकिता गर्दासमेत निर्माणको काम सम्पन्न नगरेका पाँच वटा निर्माण कम्पनीलाई कारबाही किन नगर्ने भनेर सूचना प्रकाशित गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले कार्यालय अन्तर्गत रहेका विभिन्न पाँच वटा क्षेत्रमा निर्माणको ठेक्का पाएका कम्पनीले समयमा काम नगरेपछि कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।