अन्तरदेशीय विद्युत् व्यापारलाई अझै सघन बनाउने उद्देश्यसहित निर्माण प्रस्ताव गरिएका इनरुवा–पूर्णिया र लम्की–दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न कम्पनी स्थापना र स्वपुँजी लगानी गर्न नेपाल र भारतबिच सम्झौता भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि खोरमा थुन्न तयार रहेको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले प्रदेश सरकार सम्भावित विपत्तिको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा ठगीसम्बन्धी कसूरमा संलग्न भएको आरोपमा प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सभासद् देवी प्रकाश भट्टचन पक्राउ परेका छन् ।
जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ ।
ताप्लेजुङमा बुधबार सम्पन्न पॉचौ अन्तर जिल्लास्तरीय आमन्त्रित मेरिङ्देन कप पुरूष फुटबलको उपाधि साथीभाइ युथ क्लब फुङ्लिङले जितेको छ। जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै साथीभाइले उपाधि जितेको हो।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा बुधबार भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३–० गोलले हरायो ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले प्रतिनिधिसभा विघटन र सरकार निर्माण प्रक्रिया संविधान सम्मत नभएको जिकिर गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।
इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समय पछि इजरायलले बुधबार गाजा युद्धविरामको “नयाँ अध्यायको” घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट सम्भव नभएको बताउनुभएको छ ।
जेनजीको आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट फरार एक कैदी सप्तरीमा पक्राउ परेका छन् ।
नेपाल नर्सिङ सङ्घले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।