तेस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि संकल्प पुनस्र्थापना केन्द्र र पर्पल हेज एभिएम भिड्ने भएका छन् । शुक्रबार बाङेचोर खेल मैदानमा सम्पन्न सेमीफाइनल खेल जित्दै संकल्प र पर्पल हेजले फाइनल यात्रा तय गरेका हुन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले विधिको शासन सुदृढ गर्नु नै सहिदप्रतिको सच्चा सम्मान भएको बताउनुभएको छ।
मोटरसाइकलको ठक्करबाट सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा शुक्रबार एक महिलाको मृत्यु भएको छ । गाउँको भित्री सडकमा बीआर ३० एपी ३०३७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ६५ वर्षीया शान्तिदेवि ठाकुरको मृत्यु भएको हो ।
राजनीतिक दल र उम्मेदवारलाई अहिले चुनावी चटारो छ। सम्पर्क कार्यालय स्थापना, मतदाता भेटघाटसहित घरदैलोमा उनीहरु व्यस्त छन्। यसै क्रममा पूर्वीको कोशी प्रदेशको ओखलढुङ्गाबाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएका कुमार लुइटेल शुक्रबार पोखरा आइपुग्नुभयो।
नेपाल ज्योतिष परिषद् धनकुटाको अध्यक्षमा सरोज घिमिरे सर्वसम्मत चयन हुनुभएको छ।
विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिको शिक्षा तथा सिकाइको क्षेत्रमा नेपालमा सञ्चालन गरिएको विशेष शिक्षा अभियान मार्फत कोरियाले महत्वपूर्ण सहयोग पु¥याएको विभिन्न विश्वविद्यालयका पदाधिकारीले बताउनुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताउनुभएको छ।
बेलायत भारत शैक्षिक सहयोग नयाँ चरणमा प्रवेश गर्न तयार भएसँगै नौ वटा बेलायती विश्वविद्यालयले भारतमा क्याम्पस स्थापना गर्ने तयारी गरिरहेको जनाइएको छ ।
दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम दरमा वृद्धि भएको छ । तथ्याङ्क मन्त्रालयका अनुसार, राजनीतिक अनिश्चितताको प्रभावका कारण पहिलो अर्धवार्षिकमा औद्योगिक उत्पादन सूचकाङ्क मात्र ०.५ प्रतिशतले बढेको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीदेखि मुक्तिनाथ सडकखण्डमा जमेको हिउँ डोजरले पन्छाएर सडक खुलाइँदै ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्टले मतदाताले यो पटक परिवर्तन खोजेको बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ ।
युक्रेनमा देखिएको परमाणु सुरक्षा सम्बन्धी जोखिमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियमन निकाय बोर्डले शुक्रबार बैठक बस्ने भएको छ ।
जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरकारी डाटामा समावेश छ ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले समाजमा नयाँ र पुराना पुस्ताबिच जोड्ने प्रयत्न हुनुपर्ने बताउनुभएको छ।