• १६ माघ २०८२, शुक्रबार

‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

blog

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलमा पुग्नुभएका गृहमन्त्री ‌ओमप्रकाश अर्याल ।

काठमाडौँ, माघ १६ गते । गृहमन्त्री ‌ओमप्रकाश अर्यालले विधिको शासन सुदृढ गर्नु नै सहिदप्रतिको सच्चा सम्मान भएको बताउनुभएको छ।

राष्ट्रिय सहिद दिवस, २०८२ को अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलमा आयोजना भएको जेनजी सुशासन योद्धा र अमर प्रहरीको विवरण सहितको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । 

राष्ट्रको लागि विभिन्न समयमा जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो धारणा व्यक्त गर्नुभएको हो।

राष्ट्रको शान्ति सुरक्षा तथा नागरिकको अधिकारको संरक्षणमा कुनै सम्झौता नगरिने बताउँदै मन्त्री अर्यालले आजको पुस्ताले सहिदको आदर्शबाट प्रेरणा लिएर इमानदारी, कर्तव्यनिष्ठा र देशप्रेमका साथ अघि बढी आफ्नो आचरण, निर्णय र कर्मबाट नै सहिदको बलिदान सार्थक बनाउनुपर्नेमा जोड दिनुभयो।


वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका अधिकारी स्थानीय तहका जनप्रतिनिधी सहिद परिवार लगायतको उपस्थिती रहेको थियो।