सानैदेखि पढाइमा रूचि राख्दै आउनुभएकी जिल्लाको तिरहुत गाउँपालिका –५ लोहजाराकी १८ वर्षिया अनुसाकुमारी सदा ८ हजार रूपियाँ तिर्न नसकेर कक्षा १२ उत्तीर्ण गरेको लाव्धाङ्कपत्र निकाल्न सक्नुभएको छैन । त्यसको अभावमा उहाँको उच्च शिक्षाको बाटो रोकिएको छ ।
म्यान्माका निर्वाचन अधिकारीहरूले बुधबार घोषणा गर्दै आगामी जुन्ता-सञ्चालित निर्वाचनलाई अन्तर्राष्ट्रिय मिडियाले प्रत्यक्ष कभर गर्न सक्ने बताएका छन् ।
धनकुटाका किसानले उत्पादन गरेको अकबरे खोर्सानीकाे बजार भाउ घटेपछि किसान चिन्तित बनेका छन् । व्यवसायिक रुपमा खेती गर्दै आएका किसानले उत्पादन गरेको अकबरे खोर्सानीको उचित बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका हुन् ।
बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र युएनडिपीका प्रतिनिधि मण्डलबिच भेटवार्ता भएको छ।
यस वर्ष कैलालीको किसानका धान उत्पादन राम्रो भएको बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कोटा घटाएर धान खरिद गर्न सुरु गरेको छ ।
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीका २५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिकाहरू एजेन्सीले स्थापना गरेको अस्थायी सिकाइमा सहभागी भएको पुष्टि गरेको छ ।
स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्नमा समस्या भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर बिसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन् ।
जेनजी आन्दोलनको क्रममा तोडफोड भएको बालाजु चोकस्थित ‘ट्राफिक आइल्याण्ड’ पुन निर्माण गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा उक्त आइल्याण्डमा राखिएको छाता, गमला र घेरबार तोडफोड भएको थियो ।
सप्तरीको कठौना-पातो सडकखण्ड अन्तर्गत डाक्नेश्वरी नगरपालिका ५ स्थित अमरलती र ७ वडास्थित मझौरा चोकमा बुधबार सडक निर्माणको माग गर्दै यातायात अवरुद्ध गरिएको छ ।
पाकिस्तान सरकारले अफगानिस्तानसँग भएको हालको शान्ति वार्ता असफल भएको घोषणा गरेको छ । पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौ पुरानो तनाव पुनः तीव्र बनाएको छ ।
रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा लगानीका सम्भाव्य क्षेत्र पहिचान गर्नेसम्बन्धी विभिन्न विधाका विशिष्ठ व्इक्तित्वहरूसँग अन्तर्क्रिया जारी राखेको छ । गुल्मी उद्योग सङ्घका महासचिव सुदर्शन खनालले लगानीका सम्भाबव्इ क्षेत्र पहिचान, लगानी र चुनौतीका विषयमा छलफल जारी छ ।
नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक भएको छ। ‘मुक्तक’ नामक एल्बम काठमाडौँमा सार्वजनिक गरिएको हो।
पश्चिमी लिबियाको जाविया तटमा आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पिट हेगसेथले बुधबार जापान-अमेरिका गठबन्धनलाई ‘चिनियाँ सैन्य आक्रामकता रोक्नका लागि अत्यावश्यक’ रहेको बताउनुभएको छ ।