आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेशी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् ।
इजरायली सेनाले दक्षिणी गाजा सहर रफाहमा “आठ जना आतङ्ककारीमाथि रातारात आक्रमण गरेको उल्लेख गर्दै ती मध्ये तीन जनाको मृत्यु भएको शुक्रबार जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको चुनावी कमान्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले खर्बभन्दा बढीको क्षति हुनेगरी सरकारी भौतिक संरचना तोडफोड गर्ने गराउनेप्रति नेपाली जनता सचेत रहनुपर्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेतासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संवाद भइरहेको दाबी गर्दै भविष्यमा पनि यस्तो वार्ता जारी रहने बताउनु भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दी १२ वर्षपछि एक्लै चुनावी मैदानमा उत्रिएको छ।
बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीकोे दायरामा ल्याउन र आवश्यक मापदण्ड लागु गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ ।
सहिद दिवसको अवसर पारी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार बिहान जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको प्रभातफेरी कार्यक्रममा पूर्व मन्त्रीहरु, सुरक्षाकर्मीहरू, विभिन्न कार्यालयका प्रमुख, सङ्घ संस्था लगायत विभिन्न विद्यालयका विद्यार्थी सहभागी हुनुभयो ।
कोशी लोकमार्गस्थित धनकुटाकोे छथरजोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१, को सीमामा पर्ने त्रिशुलेमा यात्रुवाहक बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् ।
गृह मन्त्रालयले वडा तहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रियामा सहभागी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरका च्याङ्ग्रापालक कृषक आङ्ग्याल गुरूङले हिमपातसँगै समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाइमा रहेका च्याङ्ग्रा गोठमा सार्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न नहुने बताउनुभएको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८र८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लामा रहेका राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन्। विगतका निर्वाचनमा भन्दा यस पटक जिल्लामा निर्वाचन रोचक र प्रतिस्पर्धात्मक देखिने भएको छ।
सतार (सन्थाल) आदिवासी समुदायले मनाउने सोहराय पर्व यस वर्ष पनि परम्परागत उल्लासका साथ मनाउन सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।