सप्तकोशी नदीको पूर्वी तटबन्ध किनार क्षेत्रमा लगाएको प्रोकोपाइनले पानीको बहाव मात्रै रोकेको छैन, कोशीको धारै परिवर्तन गर्दै आएको छ । वर्षाको बाढीसँगै बगेर आउने बालुवा, माटो, लेदो, ढुङ्गा गेगरलाई रोकेर कटान हुनबाट जोगाउने काम प्रोकोपाइनले गर्दै आएको छ । प्रत्येक वर्ष वर्षाको चार महिना (जेठ, असार, साउन र भदौ) कोशी आसपास वर्षांैदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दामा भएको डर र चिन्तालाई समेत प्रोकोपाइनको कामले केही राहत दिएको छ ।
सुन तस्करीको विषयले संसद्को गतिविधि निरन्तर अवरुद्ध हुन थालेपछि राष्ट्रिय सभाले सरकारलाई आवश्यक पहल लिन आग्रह गरेको छ। अवरुद्ध हुँदै आएको बैठकलाई सहज रूपमा सञ्चालनको वातावरण बनाउन आवश्यक पहल गर्न सभाले सरकारलाई आग्रह गरेको छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ। नासोले विज्ञान तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरेर भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने जनाएको छ। कार्यक्रममा आवेदन दिने युवा तथा बालबालिकालाई सम्मेलन आयोजना हुनुभन्दा पहिले दूरशिक्षा विधिबाट वैज्ञानिक अनुसन्धानपत्र अवधारणा लेखन तथा प्रस्तुतीकरणसबन्धमा कार्यशाला सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ। यस वर्ष सम्मेलनको विषयवस्तु ‘भविष्यका लागि सिकाइ’ (लर्निङ फर फ्युचर) रहेको छ।
दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । सो गाउँपालिका–४, मालुमा स्थापना गरिएको केन्द्रको मङ्गलबार गाउँपालिकाका अध्यक्ष प्रोेणप्रताप केसी र उपाध्यक्ष सिर्जना सुवेदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा बोल्ने अधिकांश नेताले सरकारले भ्रष्टाचारविरोधी अभियान थालेजस्तै पार्टी निर्माणमा कठोर कदम चाल्न सुझाव दिएका छन्। नेताहरूले पार्टी केन्द्रीय समिति दुई अङ्कको बनाएर चुस्त बनाउन आग्रह गरेका हुन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ट्याक्सी व्यवसायी तथा चालकलाई खनिज तेलबाट चल्नेलाई त्यागेर विद्युतीय ट्याक्सी प्रयोग बढाउन आग्रह गर्नुभएको छ। उहाँले मुलुकको यातायातलाई इलोक्ट्रोनिक भेहिकिल (इभी) मा रूपान्तरण गर्ने गरी कानुन निर्माण सुरु भइसकेको जानकारी पनि दिनुभयो।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
काठमाडौँको रानीबारीस्थित सामाखुसीखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १२ वर्षीय साजन बुढामगरको शव ११ दिनपछि फेलापरेको छ। घरबाट फुटसल खेल्न निस्कनेक्रममा झुक्किएर साउन ७ गते दिउँसो मगर बेपत्ता भएका थिए। वृत्त कीर्तिपुर, फर्पिङ, कालीमाटी, भैँसेपाटीलगायतका प्रहरी इकाइबाट खटिएका ३७ जना प्रहरी टोलीले ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदीकिनारमा शव फेलापारेको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले शव सनाखत भइसकेको जानकारी दिनुभयो।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्ड विपरीत सञ्चालित अस्पतालहरुलाई कानून बमोजिम कारबाही गरिने बताउनु भएको छ ।
नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् ।
नेपालकै पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने हरिहाँसको प्राकृतिक बासस्थान मासिदैंगएको छ ।
नेकपा (माओवादी केन्द्र) केन्द्रको बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको चौंथो पूर्ण बैठकमा ७४ जना केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सकिएको छ।
सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ। दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन/धर्ना आजैदेखि स्थगन गरेका छन्।
रम्परागत र नयाँ मिडियाबाट प्रवाह भइरहेका वा प्रवाह हुन सक्ने गलत तथा भ्रामक सूचनाप्रति सबै सजग हुनु पर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।