वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वअनुगमन प्रतिवेदन बुझाएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताउनुभयो ।
महिला बेचबिखनविरुद्ध सक्रिय रहेको एक संस्थाले एक वर्षमा बाँकेका विभिन्न नाकाबाट २८८ जना महिला, किशोरी तथा बालबालिकाहरुको उद्धार गरेको छ ।
प्रहरीले बिहीबार नेपालगञ्जस्थित मंगल प्रसाद नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कानुन सम्बन्धि जनचेतनामूलक प्रक्षिक्षण प्रदान गरेको जनाएको छ ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका क्रममा डुवानमा पर्ने बीपी राजमार्गको ९६५ मिटर सडकलाई स्थानान्तरण गरिने भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नुभएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ ।
हरियाली डाँडाकाँडा र मनोरम वातावरण । हिमालको फेदीमा सुन्दर र आकर्षक खयर ताल । ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ ।
मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।
कुनै बेला ‘५२ कुट्टी ७२ कुण्ड’को नामले प्रख्यात जनकपुरधाममा पानीको अभाव हुन थालेको छ ।
घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ ।
विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो ।
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उहाँले बताउनुभयो ।
कालिकोटका नौ वटै स्थानीय सरकार प्रमुखविहीन भएका छन् । सबै स्थानीय तह मध्ये आठ स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले आफ्नो क्षेत्र छाडेपछि स्थानीय तह प्रमुख विहीन बनेको हो ।
जिल्लाको एउटा सिङ्गो गाउँका गर्भवती महिलाहरू गोठमै सुत्केरी हुने गरेको पाइएको छ । गाउँमा प्रसूति गृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेको कारण गर्भवती महिलाहरूले गोठ गोठमा सुत्केरी हुनु परेको हो ।