नसर्ने प्रकृतिका रोगमध्ये क्यान्सर एउटा डरलाग्दो रोग हो । क्यान्सर ढिलो गरी पत्ता लागे उपचार नै हुन कठिन हुने । सुरुवाती अवस्थामा नै पत्ता लगाई उपचार गर्न सके पूर्ण रूपमा निको हुन सक्ने चिकित्सक बताउँछन् । शरीरका अङ्गहरूको स–साना एकाइ अर्थात् कोषहरूमा लाग्ने रोग क्यान्सरको उपचारमा रेडियोथेरापी (सेकाइ), शल्यक्रिया (सर्जरी) र किमोथेरापी उपचार पद्धति प्रयोग हुन्छ । रेडियोथेरापीमा उच्चतम शक्तिको एक्स रे (विकिरण) प्रयोग हुन्छ । विश्वमा लामो स
समसामयिक नेपालको राजनीतिक परिदृश्यलाई सूक्ष्म ढङ्गले हेर्दा राजनीतिक सिद्धान्त र सदाचारको मूल बाटोबाट विमुख भएर बरालिएको विमार्गतिर रुमलिएको हो कि भन्ने तमाम प्रश्न उब्जिएका छन् । पछिल्लो तीन महिना नेपाली राजनीति विभिन्न प्रकरण धारावाहिक रूपमा बाहिरिएपछि तरङ्गित छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरण, पशुपतिनाथमा जलहरी प्रकरण, टिआइएबाट बाहिरिएको एक क्विन्टल सुन प्रकरण आदि उल्लिखित सबै प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिक संलग्नता रहेको आंशिक रूपमा पुष्टि भइसकेका छन् भने केही अनुसन्धानकै व्रmममा छन् । भ्रष्टचारका प्रकरणहरू यहाँ नौलो र सहज मात्र होइन कि व्यवस्थाभित्रैको चूर्णमा परिणत भइसकेका छन् ।
नेपाली कांग्रेसको विधान अनुसार हरेक २ महिनामा हुनुपर्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि साउन २ गतेदेखि एकसाता चलेर सम्पन्न भएको छ । कांग्रेसले इतिहासमा पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको यो बैठकमा पदाधिकारीसमेत सबै सदस्यको विचार सर्वसाधारणले सिधै सुन्ने अवसर पाए । जुनसुकै उद्देश्यले गरिएको भए पनि सबैभन्दा लामो राजनीतिक इतिहास बोकेको प्रजातन्त्रको जननी कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको यो कामलाई सबैले सकारात्मक रूपमा लिएका छन् । बैठकको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गराएर महामन्त्री गगन थापाको अग्रगामी कदमलाई इँटाको जवाफ पथ्थरले दिएको भन्ने अर्थमा पनि लिइएको छ । सह
बिर्तामोडको सब्जी बजारमा विषादीयुक्त तरकारी तथा फलफूल आउने र बिक्री वितरण हुने गरेको भए पनि यसको परीक्षण हुन नसकेको भन्दै उपभोक्ता जागरण अभियान झापाले तत्कालै विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन माग गरेको छ । बिर्तामोडको सब्जी बजारमा रहेको विषादी परीक्षण प्रयोगशाला एक सातादेखि बन्द रहेको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले राहत रकम वितरण गरेको छ । काठमाडौँबाट आएको सरोकार केन्द्रको टोलीले गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु पुगेर बिहीबार पीडित परिवारलाई राहत वितरण गरेको हो ।
स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।
राज्यको उत्पत्तिसँगै सरकारको उत्पत्ति भयो । राज्य सञ्चालनका लागि शासन व्यवस्था अङ्गीकार गरियो । शासनको सम्पूर्ण अभिभारा सरकारको काँधमा आइपुग्यो । सारभूत रूपमा कानुन निर्माण, कार्यान्वयन र व्याख्या नै राज्यका प्रमुख कार्य हुन् । राज्यशक्ति र स्रोतको प्रयोग गरी शासन सञ्चालन गर्ने सिलसिलामा राज्यको प्रमुख तीन कार्य सरकारकै जिम्मेवारीका विषय बने ।
विश्वव्यापीकरणको बढ्दो व्यापारले शैक्षिक जगत्लाई समेत निकै प्रभाव पारेको छ । एसइई सकेपछि प्लस टु पढ्दापढ्दैको समयमा धेरै विद्यार्थीले भर्चुअल जगत्मा आफूले पढ्न चाहेको वैदेशिक कलेज हेर्न सक्छन् । स्वदेशमा आफ्नो भविष्य खोज्नभन्दा विदेशमा कलेज रोज्न हतारिन्छन् । देशका उच्च बौद्धिक क्षमताका विद्यार्थी बर्सेनि बढ्दो सङ्ख्यामा विदेश जानेमध्ये स्थायी रूपमा नेपाल फर्कनेहरू निकै कम छन् । यसलाई ब्रेनड्रेनका रूपमा लिन सकिन्छ । हरेक वर्ष हाम्रा कलेजमा भर्ना हुने विद्यार्थी सङ्ख्या घट्नुका कारणमध्ये यो पनि एक हो ।
महोत्तरी जिल्लामा पर्ने बर्दिबासको छुट्टै परिचय छ । पूर्वपश्चिम राजमार्गमा विकास भएको यो सहर यातायातको केन्द्र बनेको छ । पछिल्लो समय व्यापारिक, पर्यटनको विकास हुँदै गएपछि सहर विस्तारको क्रम तीव्र छ
जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएको जनाइएको छ ।
दोलखाको बिगु गाउँपालिका–लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद सेयर निष्कासनका लागि बुकक्लोज मिति तोकेको छ ।
सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाले अतिरिक्त चार घण्टा समय थपेर नागरिकलाई सेवा प्रवाह गरेको छ । कार्यालय समयमा बिहान दुई घण्टा र बेलुका दुई घण्टा गरी चार घण्टा समय थपेर साउन पहिलो सातादेखि नागरिकलाई सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
मेचीनगर नगरपालिकाले बजार अनुगमन गरेर गुणस्तरहीन तथा र म्याद नाघेको खाद्य सामग्री नष्ट गर्न सुरु गरेपछि कतिपय व्यवसायीले पसल बन्द गरेर भागेका छन् । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीसहितको टोली बजार अनुगमनमा निस्केको हो ।
अघिल्ला वर्षहरूको तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा घर, जग्गा रजिस्ट्रेसन बापतको दस्तुर सङ्कलनमा ४५ प्रतिशतले कमी भएको छ । सरकारले गत वर्ष जग्गाको वर्गीकरणका लागि कित्ताकाट रोकेका कारण जिल्लामा घर, जग्गा रजिस्ट्रेसन बापतको राजस्व सङ्कलनमा कमी आएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट मुर्रा जातको राँगो ल्याउन पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा विज्ञ टोली पठाउने भएको छ । नेपाल–भारतबिच भएको सम्झौता अनुसार भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगो निःशुल्क उपलब्ध गराउने भएको छ । ती राँगो ल्याउनका लागि मन्त्रालयले चार सदस्यीय विज्ञ टोली भारत पठाउने भएको छ । टोलीमा महानिर्देशक काफ्लेका साथै राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका प्रमुख शिवनाथ महतो, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख जगदीश पाण्डे र कृषि मन्त्रालय अन्तर्गतको क्वारेन्टाइन महाशाखाका राजेश यादव रहनुभएको छ ।