सेवाग्राहीहरुको बढी भिढभाड हुने सरकारी कार्यालयहरुबाट प्रहरीले दुई दिनमा दश जना बिचौलियाको काम गर्नेलाई पक्राउ गरेको छ ।
बाँकेबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यले जिल्लाको समग्र विकासका लागि ऐक्यबद्धता जनाएका छन्। उनीहरूले एकआपसमा सहकार्य गर्दै बाँकेको समग्र विकासका लागि साझा सङ्कल्प तयार पार्न ऐक्यबद्धता जनाएका हुन्। कोहलपुर नगरपालिकाले बाँके जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सदस्यहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले कोहलपुरसहित बाँकेको विकासका लागि राजनीतिभन्दा माथि उठेर काम गर्ने विश्वास दिलाउनुभयो। कोहलपुर क्रिकेट मैदान निर्माण, चपरगौरी निबुवा खड्कवार हुँदै घुइँयाबारी सडक निर्माण र कोहलपुरलाई शैक्षिक ‘हब’ बनाउने योजनालाई अघि सारिएको प्रतिनिधि सभा सदस्य ढकालले बताउनुभयो।
अर्थ मन्त्रालयबाट बजेट विनियोजन नहुँदा पश्चिम नवलपरासीको महेशपुर भन्सार नाकादेखि पूर्व–पश्चिम राजमार्गको सुनवलसम्मको सडकखण्ड विस्तारको काम समयमा सुरु हुन सकेको छैन। महेशपुर भन्सारदेखि सुनवलसम्मको चार लेनको बाटो विस्तारका लागि तीन वर्षपहिला नै सडक विस्तारको डीपीआर तयार पारी अर्थ मन्त्रालय पठाइएको भए पनि अर्थबाट स्वीकृत भइनसकेका कारण सडक विस्तारको कामले गति लिन नसकेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होमबहादुर एसीले बताउनुभयो।
बङ्गलाचुली गाउँपालिका–८, पाँचपोखरी निवासी १७ वर्षीया पशुपति सोमई आमा बन्नुभएको डेढ वर्ष भयो। माध्यमिक विद्यालय जबरकोटमा कक्षा ९ अध्ययन गर्ने क्रममा गाउँकै एक किशोरसँग मायाप्रेम बसेपछि पशुपतिले १४ वर्षको उमेरमा विवाह गर्नुभएको थियो।
प्रस्तावित डडेल्धुरा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको छ। सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय मातहतको डडेल्धुरा अस्पतालमा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको हो।
निजी क्षेत्रलाई प्रोत्साहित नगरी नेपालको अर्थतन्त्र माथि उठ्न नसक्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकास्थित फूलबारी क्षेत्रमा शृङ्खलाबद्ध रूपमा चोरीको घटना बढेको छ। वडा नम्बर १४, १८ र १९ को सीमावर्ती क्षेत्रमा चोरीको घटना घट्दै गएको हो। सो क्षेत्रमा १८ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेको छ।
दीना शनिचरलाई सन् १८०० को मध्यमा भारतको एउटा वनमा जङ्गली अवस्थामा फेला पारिएको थियो । सिकारीहरू उनलाई घनघोर जङ्गलमा जीवित देखेर मात्र होइन ब्वाँसाको हुलको सदस्य भएको देखेर तीन छक्क परे । विश्वास गर्न नै गाह्रो ब्वाँसाको हुलमा एक मानिस, त्यो पनि जङ्गली । यसै कारण दीनालाई ‘वुल्फ
बैतडीको पञ्चदेवल विक्रम संवत् १९९० को भूकम्पले नै भत्किएको हो। लामो समयसम्म राज्यको चासो नपुगेको पञ्चदेवलको पुनर्निर्माण एक दशकअघि पुरातत्व विभागले ठेक्कामार्फत गरेको थियो। यद्यपि त्यो बेला पुनर्निर्माण गर्दा पुरातात्त्विक महत्त्वको ढुङ्गे चक्र भुइँमै छाडियो, जुन अहिलेसम्म सोही अवस्थामा छ।
पहिले रोए, अनि रुवाएर गए– पेले । उनले भनेका थिए, “पेले मर्दैन, पेले मर्ने छैन । पेले सदासर्वदा रहने छ ।” पेलेलाई आत्मानुभूति भएको हुनुपर्छ, फुटबलले युगौँसम्म आफ्नो नाम सम्मानपूर्वक लिने छ ।
कर्णाली प्रदेशमा बर्सेनि बालिबालिका हराउने दर बढिरहेको छ। प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो साढे तीन वर्षको अवधिमा कर्णालीमा एक हजार २२५ जना बालबालिका हराएको उल्लेख छ। त्यसमध्ये एक हजार १६ जना बालबालिका भेटिएका छन्। २०९ जना बालबालिका फेला नपरेको प्रहरीको तथ्याङ्क छ।
जुम्लाको नाग्म–गमगढी सडकखण्डको बुलबुले क्षेत्रदेखि घुच्चीलेकको सातमोड पिना क्षेत्रसम्म जमेको हिउँ पन्छाएपछि सडक यातायात सञ्चालन भएको छ। जिल्लाको सिमाना घुच्चीलेकको सडकमा हिउँ जमेसँगै नाग्म–गमगढी लोगमार्ग सोमबारदेखि अवरुद्ध भएको थियो।
रुकुमपश्चिमको मुसीकोट–७, साँखमा हरेक वर्ष माघ १४ गते लाग्ने ‘पापिनी’ मेला धुमधामसाथ मनाइएको छ। मेलाको प्रमुख आकर्षणका रूपमा किशोरीले बेहुलाको रूपमा सिँगारिएर विवाह कार्य सम्पन्न गरिन्छ। रीतअनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधामको भोजभतेर र मेला भर्ने कार्य ‘पापिनी’ मेलामा गरिन्छ। यो मेला तीन दिनसम्म धुमधामसाथ मनाइन्छ।
बालकदेखि वृद्धसम्म सबैका निम्ति दूध तथा दुग्धजन्य पदार्थको महत्व सर्वविदितै छ । दूधबिना बालबालिका, वृद्धवृद्धा र बिरामीको जीवन सहज हुँदैन । विडम्बना देशभित्रै उत्पादन र आपूर्ति हुनुपर्ने दूध आपूर्तिको शृङ्खलामा ठूलो अवरोध छ । बढी उत्पादन हुने समयमा समेत बजारमा दूध अभाव छ । ग्रामीण क्षेत्रका किसान दूध नबिकेर पुर्पुरोमा हात राख्न बाध्य छन् भने सहरमा दूध आयात गरेर समेत टार्ने गरिन्छ । नेपालमा विशेषगरी असोजदेखि फागुन महिनासम्मलाई बढी दूध उत्पादन हुने समयका रूपमा लिइन्छ । माग र आपूर्तिबीच सन्तुलन नहुँदा नेपालका अधिकांश सहरी क्षेत्रमा दूधको अपर्याप्ताको स्थिति हुन पुगेको हो । यसैगरी ग्रामीण क्षेत्रमा उत्पादित दूधलाई उपयुक्त वितरण तथा ढुवानी प्रणालीमार्फत सहर बजारमा उपलब्ध गराउन नसक्दासमेत अभाव देखिएको यथार्थ हो ।