मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा आएको सङ्घीय व्यवस्थालाई सफल हुन नदिन विभिन्नखालका षडयन्त्र भइरहेको भन्दै त्यसलाई जोगाउन हामी सबैको सहयोगको खाँचो रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गर्नुभएको छ।
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा भारतीय तीर्थालु बढेका छन् । साउन महिना सुरु भएसँगै भारतबाट आउने तीर्थयात्री बढेको आश्रमले जनाएको छ ।
श्रीलङ्कामा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता सकेर केही समय प्रशिक्षण गरी नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरनाप्रति पर्यटक आकर्षित बन्दै गएका छन् । भारतको सिक्किम र पाँचथर जिल्लासँग सीमा जोडिएको सिदिङ्वा गाउँपालिकाको उक्त झरनामा पछिल्लो समय आन्तरिक पर्यटक आकर्षित बन्दै गएका हुन् ।
सप्तरीको बोदे बर्साइन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सूत्रीय माग राख्दै किसान सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।
सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा पाँचौँ धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आइतबार देखि ललितपुरमा हुने भएको छ ।
पोखराको फिर्के खोलाको सिमाङ्कन कार्य जारी रहेको छ। साउन ३ गतेदेखि खोलाको सिमाङ्कन गर्न सुरु गरिएकोका अहिलेसम्म पाँच किलोमिटर सिमाङ्कन भएको सर्वेक्षक वासुदेव पौडेलले जानकारी दिनुभयो।
सरकारले काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जङ्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र सङ्घीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबिच भेटवार्ता भएको छ ।
सहकारी पीडितहरूले काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् ।
चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो।
प्युठान–भालुबाङ–प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्नसमेत मुस्किल परेको छ ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ नागदहका ५२ वर्षीय बुद्धिबहादुर कामीको दिनमा भोक र रातमा निद्रा हराएको छ। लम्पी स्किन रोगले हलको गोरु मरेपछि बुद्धिबहादुरको भोक र निद्रा दुवै हराएको हो ।