• १३ साउन २०८१, आइतबार

बिजुलीबजारमा सहकारी पीडितद्वारा आन्दोलन (फोटो फिचर)

blog

विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका सहकारी पीडित । तस्बिर : सागर बस्नेत

काठमाडौं, साउन १८ गते । सहकारी पीडितहरूले काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् ।

सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले बिहीबार दिउँसो बिजुलीबजारको पुलमा आन्दोलन गरेका हुन् । जसका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् ।

समितिले सहकारी पीडित बचतकर्ताहरूको निक्षेप अविलम्ब फिर्ताका लागि माइतीघर मण्डलामा ४५ दिन धर्ना पश्चात् ४६ औँ दिनबाट रिले अनशन जारी राखेका छन् ।

सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।