रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ ।
पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो ।
दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ मा आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ ।
उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली ।
नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ । त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने छ ।
आज बिहान नारायणी नदीकाे पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।
यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । हाल सम्म आयोजनाको झन्डै ४० प्रतिशत काम पुरा भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले काम तीव्र रूपमा भइरहेको र हालसम्म ३९ दशमलव ४२ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो ।
आठ वर्षअघिको भूकम्पका कारण भत्किएका दोलखाका १८ वटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावित भएको छ । भारत सरकारको अनुदानमा निर्माण हुन लागेका स्वास्थ्य चौकी भव
झापाको कमल गाउँपालिकाका संस्थागत (निजी) विद्यालयहरूले तोकिए अनुसार बिद्यार्थीहरुलाई छात्रवृत्ति नदिएको गुनासो बढेपछि गाउँपालिकाले संस्थागत विद्यालयसँग यसको विवरण माग गरेको छ ।
हाम्रो विद्यालयले व्यावहारिक ज्ञान दिन बेला बेलामा विभिन्न ठाउँको भ्रमण गराउने गर्दछ । यसै क्रममा यस पटक हाम्रो सामाजिक शिक्षा विषय अन्तर्गत भ्रमण गराउँदा सङ्घीय संसद्बारे जानकारी दिन संसद् भवन लग्यो । संसद्ले कसरी काम गर्छ भन्ने स्पष्ट पार्न हामीलाई संसद्को अवलोकन भ्रमण गराइयो । मेरो विद्यालय काठमाडौँ प्रज्ञा कुञ्ज नयाँ बानेश्वरस्थित सङ्गम चोकमा छ । यहाँबाट सङ्घीय संसद्सम्मको दुरी त्यति धेरै छैन । त्यसैले दिउँसोको करिब ३:०० बजे हाम्रो विद्यालयका कक्षा ८ का हामी विद्यार्थी लामबद्ध भएर संसद् भवनका लागि निस्कियौँ । हामीसँगै सुजना गुरुआमा, मनीषा म्याम, उषा म्याम र कृष्ण सर पनि हुनुहुन्थ्यो ।
भाइबहिनीहरू, अनुशासनले हामीलाई चल्न सिकाउँछ । कुनै कुरा राम्रो र व्यवस्थित ढङ्गले चल्न नियम चाहिन्छ । आफूले नै आफूलाई बाँध्नु र अरूमा मन, वचन र कर्मले सकारात्मक प्रभाव पार्ने कार्य अनुशासन हो । अनुशासन हाम्रो जीवन पद्धतिसँग गाँसिएर आउँछ । त्यसैले पनि जीवनमा अनुशासनको विशेष महत्व हुन्छ । अनुशासनबिनाको जीवनको के अर्थ हुन्छ र ? साना ठुला सबैले अनुशासनको पालना गर्नु पर्छ । अनुशासनमा बस्नु हामी सबैको कर्तव्य हो । अनुशासनमा नबस्दा हामी पशु समान हुन्छौँ । मानव जीवनमा अनुशासनको महत्व बयान गरेर साध्यै छैन ।
बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उहाँलाई स्थानीय सरकार नै जनताको सरकार भएको बताउनुहुन्छ ।
आजको एक्काइसौँ शताब्दीको युगमा पनि हाम्रो देशका महिला दाइजो, बोक्सी, छाउपडी, झुमा, बहुपत्नीलगायतका सामाजिक कुप्रथा तथा परम्पराको सिकार बनिरहेका छन् । धेरै नेपाली महिला विभिन्न खाले घरेलु हिंसा, यौनजन्य हिंसा जस्ता शारीरिक तथा मानसिक हिंसाबाट पीडित छन् । यसले नेपाली महिलालाई सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित गरिरहेको छ । हाम्रो देशमा महिलामाथि हुने हिंसामा मुख्यतया घरेलु हिंसा, बलात्कारलगायतका यौनजन्य हिंसाका साथै दाइजो नल्याएको निहुँमा हुने गरेका जघन्य हिंसा रहेका छन् ।