नवरापुर गाउँपालिका–१, करमनियाँस्थित अवधी ठकनी आधारभूत विद्यालयमा भएको शैक्षिक सुधारले अन्य विद्यालयका लागि प्रेरणाको स्रोत बनेको छ। प्रधानाध्यापकको सक्रियताले विद्यालय नमुना बनेसँगै सामुदायिक विद्यालयको शैक्षिक सुधारको प्रेरक भएको छ।
अघिल्ला वर्षको तुलनामा सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ यात्रुले हवाई सेवा लिएका छन् । त्यस्तै आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ यात्रुले ओहोर दोहोर गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले मन्त्रालयमा रहेको कल सेन्टरलाई चौबीस घण्टे श्रम सहायता केन्द्रका रूपमा रूपान्तरण गर्ने अभियान मङ्गलबारबाटै सुरु भएको जानकारी दिनुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कल सेन्टरलाई देशभित्र र देशबाहिर रहेका श्रमिकसँग सम्बन्धित सम्पूर्ण समस्या एकद्वार प्रणालीबाट रूपान्तरण गर्ने अभियान सुरु गरेको जानकारी दिनुभएको हो ।
खोटाङमा किवीको जाम उत्पादन सुरु गरिएको छ। जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६, नेर्पामा किवीको जाम (खुदो) उत्पादन सुरु गरिएको हो। स्थानीय सात जना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर उत्पादन गरेको किवीको जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्रीसमेत हुँदै आएको छ। परीक्षण चरणमै भए पनि जामले बजार मूल्य राम्रो पाएको उद्योगका सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिनुभयो। राईका अनुसार पाँच सय ग्रामको तीन सय रुपियाँ र सात सय ग्रामको चार सय रुपियाँमा बिक्री गर्ने गरिएको छ।
सरकारी साक्षीका रूपमा उपस्थित भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा प्रतिकूल बयान दिएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक यातायात क्षेत्रको सुधारका नीतिगत र व्यावहारिक काम सुरु भएको बताउनुभएको छ। सार्वजनिक यातायात क्षेत्रका मजदुरहरूले उक्त क्षेत्रमा समस्या समाधानका लागि मङ्गलबार पेस गरेको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले मागहरूबारे आफ्नो ध्यानाकर्षण भएको र आफू मजदुरकै प्रतिनिधि भएकाले समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो।
कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देलको सालिक खोटाङमा ११ वर्षसम्म बेवारिसे बनेर बल्ल पार्कमा राखिएको छ। जिल्ला सदरमुकाममा राख्ने भनेर निर्माण गरिएको सालिक विभिन्न विवादका कारण अलपत्र परेको थियो। एघार वर्षसम्म बेवारिसे बनेको सालिक ऐसेँलुखर्क गाउँपालिका–१, राखाबाँदेलको शुक्रबारेडाँडा, बेनेसेनमा पार्क बनाएर राखिएको छ। राखाबाँदेल कलाकार बाङ्देलको पुख्र्यौली थलो हो। वडा कार्यालयबाट दुई लाख रुपियाँ विनियोजन गरेर घेराबारासहितको लैनसिंह बाङ्देल पार्क निर्माण गरेर उहाँको सालिकलाई व्यवस्थित रूपमा राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिनुभयो।
उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित मोतीगडामा पुरानो दरबारको भग्नावशेष तथा प्राचीन विभिन्न वस्तुको अवशेष फेला परेको छ। पुरातत्त्व विभागबाट आएको पुरातत्त्वविद्द्वय देवेन्द्रनाथ तिवारी र प्रकाश दर्नालको टोलीले सो क्षेत्रमा गरेको उत्खननका क्रममा दरबार र पुराना वस्तुको भग्नावशेष फेला परेको हो।
रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मङ्गलबार साँझ फूलतारा डेरी उद्योगमा छापा मारी अखाद्यवस्तु बरामद गरेको हो।
काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि गत मङ्गलबार आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ।
जबर्जस्ती करणी अभियोगमा धरौटीमा रिहा हुनुभएका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्षको मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ। महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट मङ्गलबार सर्वोच्चमा निवेदन दर्ता भएको हो। मुख्य दुई जिकिरसहित धरौटीमा रिहा गर्ने आदेश बदरको माग सो कार्यालयले गरेको छ। काठमाडौँ जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै पुस २८ गते पाटन उच्च अदालतले लामिछानेलाई सर्तसहित २० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश गरेको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ ।
अमिलो प्रजातिको जुनारको स्वाद र परिकार चखाउने उद्देश्यले राजधानी काठमाडौँमा आयोजित तीन दिने जुनार मेला सम्पन्न भएको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।
प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गर्नुभएको छ ।