विश्व बैंकले पोखराका थप दुई सडक खण्डमा लगानी गर्ने भएको छ । विश्व बैंकको लगानीमा तालचोकदेखि वेगनासतालसम्मको सडक निर्माण हुँदैछ । यो सडकमा ७५ करोड लगानी भएको छ ।
लामो सयम विदेशमा काम गरेर घर फर्किएका युवाहरुलाई इलाम नगरपालिकाले विभिन्न मेसिन तथा कृषि सामग्री प्रदान गरेको छ । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई पुनः एकीकरण कार्यक्रम अन्तर्गत गाउँघरमै व्यावसायिक बन्न सहयोग गर्ने उद्देश्यले ती सामग्री प्रदान गरेको हो ।
काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी क्षेत्रमा सर्वसाधारणलाई डर धम्की दिएर रकम असुल गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन १६ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएका ८८ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीनजनाको संसदीय सुनुवाइ पूरा भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ९ केजी १ सय ५० ग्रामसहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित कुखुराको ९० किलो मासु शसस्त्र प्रहरीले नाका नजिकैबाट बरामद गरेको छ।
फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा फ्रान्सले पानमालाई ६–३ गोलले हरायो ।
म तिम्रो सिर्जनाका पाण्डुलिपिहरू वरिपरि छर्दछु ती हस्तलिखित केरमेट प्रत्येक अक्षरहरूमा
बझाङको बित्थडचिर गाउँपालिका–७ स्याल ढुड्ढा जातीय विभेद गरेर दलितको निर्माणधीन घर भत्काएको विवादपछि घर सार्वजनिक खाली खाल्सा गौचरन जमिन भएको पृष्टी भएको छ ।
सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सदनमा सांसदले बोल्न पाउनुपर्ने बताउनुभएको छ । तुलसीलाल अमात्यको २६ औं स्मृति दिवसका सन्दर्भमा बुधबार आयोजना गरेको एक कार्यक्रममा उहाँले सभामुखलाई सूचना टाँसेर सदन बन्द गर्नुस् भनेर भन्ने गरेको आरोप लागाउनुभयो ।
झापाको कचनकवल गाँउपालिकमा खोला उकास जमिनको सदूपयोग गर्दै विपन्नहरुलाई आयआर्जनमा जोड्नका लागि तरकारी तथा फलफूल खेती गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।
झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् ।